अनलाइन पत्रिका
ललितपुर ।

भ्याली कन्स्ट्रक्सनका अध्यक्ष रविन्द्र महर्जनले भने, ‘आज मेरो जन्मदिन हो । यो दिनलाई सम्झन योग्य बनाउन केही खाद्यान्न सहयोग गरेको हुँ ।’ 

भ्याली कन्स्ट्रक्सनका अध्यक्ष रविन्द्र महर्जनले आफ्नो जन्मदिनमा खाद्यान्न सहयोग गरेर मनाएका छन् । बौद्ध बिहार संघको व्यवस्थापनमा खाद्यान्न सहयोग गरेर जन्मदिन मनाएका हुन् । संघले श्री वच्छ महाविहारमा राहत वितरणको व्यवस्थापन गरेको हो ।

भ्यालीका अध्यक्ष रविन्द्रले ललितपुर महानगरपालिका वडा. २० का चन्द्रलाल महर्जन र महाविहारका अध्यक्ष राजु शाक्यलाई साक्षी राखेर जन्मदिनको अवसरमा राहत हस्तान्तरण गरेका हुन् ।

‘भ्याली कन्स्ट्रक्सनका अध्यक्ष रविन्द्र महर्जनबाट ७० परिवारलाई राहत प्राप्त भएको छ ।’ महाविहारका सचिव वत्स शाक्यले भने, ‘अति आवश्यक परिवारलाई सो राहत वितरण गरिएको हो ।’

भ्याली कन्स्ट्रक्सनका अध्यक्ष रविन्द्र महर्जनले भने, ‘आज मेरो जन्मदिन हो । यो दिनलाई सम्झन योग्य बनाउन केही खाद्यान्न सहयोग गरेको हुँ ।’

यसभन्दा अघिपनि ललितपुर उद्योग वाणिज्य संघ ललितपुरको सामाजिक सहयोग अभियानलाई रविन्द्रले सघाएको थियो । सामाजिक अभियानसँगै रहेर रविन्द्रले ललितपुरको इखाछेँ, हखाः, अग्निशाल, न्याखाचोकलगायतका ५५ परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । उनले नै विभिन्न बस्तीमा असहाय गरिब ज्यालादारी गरी जीवन निर्वाह गरिरहेका ५२ भन्दा बढी परिवारलाई खाद्यान्न सहयोग गरेका थिए ।

यस्तै, कोरोना प्रकोपलाई ध्यानमा राखेर ललितपुर महानगरपालिकालाई २५ थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), पाटन अस्पताललाई ४ थान पीपीई र भाइजर मास्क चार थान, टेकु अस्पताललाई ४ थान पीपीई र भाइजर मास्क चार थान र नेपाल रेडक्रस सोसाइटी ललितपुरलाई पीपीई र विभिन्न वडालाई समेत २० थान पीपीई सेट सहयोग गरेका थिए ।

साथै, बाजुराको हलिया परिवारमा चुलो बल्न छोडेपछि उनै अध्यक्ष महर्जनले नै खाद्यान्न सहयोग गरेका थिए ।

यो पनि पढ्नुस् ।

कृष्णलाल सँगसँगै रविन्द्रको राहत

भ्यालीका रविन्द्रको सहयोगमा रफ्तार

स्वास्थ्य सुरक्षामा भ्याली कन्स्ट्रक्सनको सक्रियता

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।