अनलाइन पत्रिका
ललितपुर ।

लितपुर जिल्लामा ३ वटा होल्डिङ सेन्टर तयार गरिएको छ । विदेशबाट फर्किएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म राख्न होल्डिङ सेन्टर तयार पारिएको हो । शुक्रबारदेखि नेपाल ल्याइएका नेपालीलाई होल्डिङ सेन्टरमा राखिनेछ ।

ललितपुरको बालकुमारीस्थित मण्डला पार्टी भेन्यू, धोविघाटस्थित सिद्धार्थ कटेज धोबिघाट र महालक्ष्मीस्थानस्थित डिलाईट पार्टी भेन्यूलाई होल्डिङ सेन्टर बनाइएको छ ।

ललितपुरमा दुई होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको छ । एउटा जगेडाको रुपमा तयार पारिएको छ । सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ । राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाका अनुसार खाने बस्ने व्यवस्थापन भने सरकारले गर्नेछ ।

ललितपुरको बालकुमारीस्थित मण्डला पार्टी भेन्यू, धोविघाटस्थित सिद्धार्थ कटेज धोबिघाट र महालक्ष्मीस्थानस्थित डिलाईट पार्टी भेन्यूलाई होल्डिङ सेन्टर बनाइएको छ । सबैको क्षमता तीन/तीन सय रहेको छ । हाल मण्डला र सिद्धार्थमा ५/५ वेड तयारी अवस्थामा राखिएका छन् । सबै होल्डिङ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिकरुपमा व्यवस्थापन गरिएको बताइएको छ ।

‘होल्डिङ सेन्टरमा अभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्थापन गरिएको छ ।’ ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले भने, ‘सेन्टरमा विशेषज्ञ चिकित्सक टोलीको निगरानीमा रहनेछ ।’

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।