अनलाइन पत्रिका
ललितपुर व्यूरो ।

देशका मन्त्रीहरु बस्दै आइरहेको पुल्चोकस्थित मन्त्री निवासको मुहार फेरिने तयारी भएको छ । राष्ट्रपति कार्यालयमा खर्च हुने रकमको बहस भईरहँदा मन्त्री निवास परिसरमा हेल्थ क्लब (स्पोर्टस र जिम मेसिनहरु जडानसहित) र व्याडमिन्टन कोर्ट (कभर्ड हल) निर्माण गर्ने कार्यको लागि करिब ८३ लाख खर्चिन लागेको पाइएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले श्री न्यू के.पि. कन्स्ट्रक्सन प्रा.लि, काठमाडौं र श्री देवीस्थान निर्माण सेवा एण्ड सप्लायर्स, सिन्धुपाल्चोकलाई दिने निर्णय गत ९ जेठमा गरेको हो ।

यस्तै, मन्त्री निवास परिसरका १९ वटा भवनहरुमा रंगरोगन र विविध प्रकारका मर्मत गर्ने कार्यमा करिब २९ लाखको बजेट खर्चिने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले श्री न्यू के.पि. कन्स्ट्रक्सन प्रा.लि, काठमाडौं र श्री देवीस्थान निर्माण सेवा एण्ड सप्लायर्स, सिन्धुपाल्चोकलाई दिने निर्णय गत ९ जेठमा गरेको हो । (हेर्नुस्, सूचना प्रकाशन मिति : २०७७/०२/१७)

यसैबीच, राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने समाचारले अहिले देशमा हल्लीखल्ली छ । गलैँचामात्र नभई बाथरुमपनि सजावट गर्ने तयारी हुँदैछ । यी दुई शिर्षकमा लाखौं रुपैयाँ विनोयोजित भएको प्रष्ट भएको छ । कोभिडअघिको होइन, यो ठेक्का कोभिडकै बीचमा गत साता १३ जेठ र १७ जेठमा प्रदान गरिएको पाइएको छ ।

बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ । यसका लागि ठेकेदार छनोट भएको सूचना १३ जेठ र १७ जेठमा सार्वजनिक गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले १३ जेठको सूचनाअनुसार एक करोड ५७ लाख र १७ जेठको सूचनाअनुसार २७ लाख रुपैँया खर्च गर्न थालेको हो ।

विभाग अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले हिमालयन डेकोर तथा श्री विकोई(इन्द्रेणी(सुप्रिम जेभिईलाई दिने निर्णय गत ९ जेठमा गरेको हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।