फाइल तस्वीर

अनलाइन पत्रिका
ललितपुर ।

लितपुरको महालक्ष्मी नगरपालिकास्थित लुँभुका स्थानीयहरु यतिखेर आक्रोशित बनेका छन् । लुँभुस्थित आमा बस्दै आइरहेको घरमा विराटनगरबाट दुईजना आएको देखिएपछि स्थानीयहरु आक्रोशित बनेका हुन् ।

विराटनगरबाट आएका दुईजना नाताले छोरीज्वाईँ परेको बताईन्छ । ज्वाईँ प्रहरीको उच्च पदमा सेवारत छन् । जनता उत्रिएपछि ती प्रहरी स्वास्थ्य परिक्षणको लागि गएका हुन् ।

यही कारणले गर्दाले लुँभुमा दिनभर तनाव भएको छ । विराटनगरबाट आएका दुईजना नाताले छोरीज्वाईँ परेको बताईन्छ । ज्वाईँ प्रहरीको उच्च पदमा सेवारत छन् । जनता उत्रिएपछि ती प्रहरी स्वास्थ्य परिक्षणको लागि गएका हुन् ।

रिपोर्ट हेरेर मात्र राख्ने/नराख्ने टुंगो लाग्ने बताउँदै लुँभुका वडाध्यक्ष विश्वराज श्रेष्ठले भने, ‘यता क्वारेन्टिनको व्यवस्था नभएकोले उनकै घरभित्र सतर्कतासहित राख्ने व्यवस्थाको बारेमा छलफल समेत भएको छ ।’

वडाध्यक्ष श्रेष्ठले थपे, ‘लुँभुमा एक्लै बस्दै आइरहेकी आमालाई सहयोगको लागि बोलाइएको हुनसक्छ ।’ यो समाचार तयार पार्दासम्म लुँभुमा आएका ती दुईजना घर फर्किएका छैनन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।