अनलाइन पत्रिका
ललितपुर ।

‘स्वास्थ्य खराबीको कारण अन्य भएपनि आज आएको पीसीआर रिपोर्ट पोजेटिभ पाइएको छ ।’ अस्पताल स्रोतले भने, ‘यहाँ भर्ना भएका ती व्यक्तिको १२ गते स्वाब परिक्षणको लागि पठाइएको थियो ।’

आज साँझ ७ बजे ललितपुरका एकजनाको निधन भएको छ । निधन हुने ललितपुर महानगरपालिकाका ५६ वर्षीय पुरुष हुन् । जेठ ११ गते ग्वार्काेस्थित किष्ट अस्पताल भर्ना भएका ती व्यक्तिको आज निधन भएको हो ।

‘स्वास्थ्य खराबीको कारण अन्य भएपनि आज आएको पीसीआर रिपोर्ट पोजेटिभ पाइएको छ ।’ अस्पताल स्रोतले भने, ‘यहाँ भर्ना भएका ती व्यक्तिको १२ गते स्वाब परिक्षणको लागि पठाइएको थियो ।’

जेठ ११ गतेसम्म पाटन अस्पतालमा रहेका ती व्यक्ति आइसीयू राख्नुपर्ने हुनाले किष्टमा रिफर गरिएको थियो । पाटन अस्पताल स्रोतले भने, ‘यो निधनको खबरले हामीलाई पनि चिन्तित बनाएको छ ।’ कोरोना परिक्षणका लागि गरिएको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि पाटन अस्पताल र किष्ट अस्पतालभित्र चिन्ता बढेको छ ।

यसैबीच, ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले कोरोना परिक्षणको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्विकार गर्दै भने, ‘साँझ विभागबाट ती व्यक्तिको रिपोर्ट पोजेटिभ आएको जानकारी पाइयो ।’ गेलालले घटनाबारे प्रष्ट पार्दै भने, ‘निधन भएको जानकारी सत्य नै हो । सबैभन्दा पहिला शव व्यवस्थापनमा सतर्कता अपनाउनुपर्ने देखिन्छ ।’

‘ललितपुरमा कोरोना परिक्षणको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको पहिलोपटक हो ।’ गेलालले भने, ‘अब चुनौती थपिएको छ । सबै सतर्क हुने बेला आएको छ ।’

ललितपुर जिल्ला जनस्वास्थ्यका अनुसार ती व्यक्तिको उपचारमा संलग्न डाक्टरहरुलाई क्वारेन्टिनमा राखिनेछ । र, ती व्यक्तिको सम्पर्कमा रहेका र आएकाहरुको खोज्न कन्याट्र टेसिङ गरिनेछ । साथै, उपचार भएको आइसीयूलाई सील गरिने बताइएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।