अनलाइन पत्रिका
ललितपुर ।

कच्ची घर भएका व्यक्तिगत तथा स्कूल र सामुदायिक घरभवनको समेत छानो उडाएको महाँकाल गाउँपालिकाका प्रवक्ता गंगाराम तिमल्सिनाले बताए ।

भीषण हावाहुरीका कारणले दक्षिण ललितपुरमा क्षति भएको समाचार छ । महाँकाल गाउँपालिकाको ठूलादुर्लुङमा स्थानीयको घरगोठ र बालीमा क्षति भएको हो । महाँकाल ६ का वडाध्यक्ष रामकृष्ण आचार्यका अनुसार स्थानीयको बालीमा असर पुगेको छ ।

त्यस्तै, कच्ची घर भएका व्यक्तिगत तथा स्कूल र सामुदायिक घरभवनको समेत छानो उडाएको महाँकाल गाउँपालिकाका प्रवक्ता गंगाराम तिमल्सिनाले बताए ।

यस्तै, वागमती गाउँपालिकामा पनि हावाहुरीले घरगोठको छानो उडाउनुका साथै कफी लगायतका बालीमा असर पुगेको छ । वागमती ७ गिम्दीको मोचेडाँडामा आठवटा घरको छानो उडाएको र मोचे डाँडा बालविकास केन्द्रमा क्षति पुगेको छ ।

महाँकाल गाउँपालिका र वागमति गाउँपालिकाको सिमावर्ती क्षेत्रमा बढी क्षति भएको प्रारम्भिक जानकारी प्राप्त स्थानीय कृष्ण बलको भनाईलाई उद्दत गर्दै संचारकर्मी अमृतनाथ तिल्मिसिनाले बताए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।