अनलाइन पत्रिका
ललितपुर

नेपालभाषाको संगीतक्षेत्रमा अहोरात्र समर्पित रहँदै आउनुभएका वरिष्ठ संगीतकार तथा गायक गंगाधर बज्राचार्यको निधन भएको छ । ललितपुरको कुमारीपाटीका बज्राचार्य कलानिधी इन्दिरा संगीत महाविद्यालयको कार्यसमितिका सदस्यसमेत हुन् ।

बज्राचार्यको निधनले नेपाली सांगेतिक क्षेत्रले एउटा अनुभवी र कुशल संगीतकार गुमाएको महाविद्यालयले जनाएको छ । बज्राचार्य यशोधर महाबिहार सुधार समिति, बुबहालका सल्लाहकार एवम् ज्ञानमाला भजन संघका गुरुपनि हुन् ।

संगीत क्षेत्रमा बज्राचार्यले धेरै सम्मानहरु प्राप्त गरेका छन् । बज्राचार्यको एक श्रीमती र तीन छोरा छन् ।

स्व. गंगाधरका यादहरु ।

 

 

अनलाइन पत्रिका मिडिया ग्रुपको तर्फबाट दिंवगत गंगाधर बज्राचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । 

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।