कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटीमा पोजेटिभ देखिएका नौ जनाकै रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर विधिबाट परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो । कोरोना परीक्षणमा चार सफाइ मजदूर एव पाँच जनप्रतिनिधि तथा कर्मचारीको रिपोर्ट पोजेटिभ देखिएपछि नमूना परीक्षणका लागि टेकु पठाइएको थियो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।