र्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’ को ८६ वर्षका उमेरमा निधन भएको छ । ब्रेन ह्मरेजको शल्यक्रियापछि उपचारत सिंहको निधन भएको हो ।

आयोगले स्व. सिंहको सम्मान र सम्झनामा आयोगको केन्द्रीय कार्यालयमा तीन दिनसम्म आयोगको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सर्वोच्च अदालतमा वि.सं २०५८ देखि २०६३ सम्म सिंहले न्यायाधीशका रुपमा काम गर्नुभएको थियो । सिंहका दुई छोरा मलखलाल र सितुलाल श्रेष्ठ छन् ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले आयोगका पूर्वसदस्य सुशीला सिंह ‘शिलु’ को निधनप्रति दुःख व्यक्त गरेको छ । सिंहले २०६२ जेठ १३ गतेदेखि २०६३ असार २५ गतेसम्म आयोगको सदस्य भई काम गर्नुभएको थियो ।

आयोगले स्व. सिंहको सम्मान र सम्झनामा आयोगको केन्द्रीय कार्यालयमा तीन दिनसम्म आयोगको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।