काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा खाँदबारीकी गंगा कार्कीको निधन भएको छ । कार्कीलाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं पठाइएको संखुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताए ।

नवजात शिशु गुमाएकी ३२ वर्षीया उनीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत शुक्रबार ४ बजे काठमाडौँ लगिएको थियो ।

नवजात शिशु गुमाएकी ३२ वर्षीया उनीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत शुक्रबार ४ बजे काठमाडौँ लगिएको थियो । उनीलाई गत चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । चिकित्सकले शिशु अप्ठ्यारो गरेर बसेको पत्ता लगाएपछि उनीलाई विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो ।

सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।