कोरोना भाइरसको संक्रमण आज ३२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिलासहित ३० जना पुरुषमा संक्रमण देखिएको बताए ।

नयाँ संक्रमितमा कपिलवस्तु जिल्लाका आठ, सर्लाहीका १३, बारा एक, काठमाडौँ एक, रुपन्देही आठ र चितवनका एकजना छन् । यसैगरी नयाँ संक्रमितमा काठमाडौँका ३५ वर्षीय पुरुष हुन् । आज भेटिएका नयाँ संक्रमितसँगै संक्रमितको संख्या ५४८ पुगेको छ । अहिलेसम्म ७० जना पूर्णरूपमा सञ्चो भइ घर फर्किसकेका छन् ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।