कीर्तिपुर

कुबेतमा कार्यरत कीर्तिपुरवासी विकास महर्जनको कोरोनाबाट निधन भएको बताइएको छ । कीर्तिपुर पांगाका ३९ बर्षीय महर्जनको निधन भएको महेन्द्र महर्जनले बताएका हुन् । महर्जनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

ज्वरो र स्वास फेर्न गाह्रो भएपछि महर्जनको गत बुधवार जेठ ७ गते निधन भएको हो ।

कुबेतको एक कम्पनीमा कार्यरत महर्जनको गत बुधवार जेठ ७ गते निधन भएको हो ।

यता महर्जनका परिवारमा ‘उनको के कारणले निधन भएको हो ?’ औपचारिकरुपमा जानकारी प्राप्त भई नसकेको बताइएको छ । कुबेतको कम्पनीमा करिव २ हजार कामदार कार्यरत छन् । त्यसमध्ये करिब १५ सयजना नेपाली छन् । र, कीर्तिपुरका ५० जना रहेको बताईन्छ ।

कीर्तिपुरका संचारकर्मी श्रीकृष्ण महर्जनको सहयोगमा ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।