बैतडी

१९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । २२ वर्षीय युवकमा पिसिआर पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए ।

चैत ६ गते भारतको दिल्लीबाट आएका ती युवक कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका थिए । १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो ।

युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ । संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको र कन्ट्याक्ट ट्रेसिङको कामसमेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।