अनलाइन पत्रिका
ललितपुर ।

आज ती एकजना बाँकी रहेका प्राचार्यको रिपोर्टपनि नेगेटिभ आएको हो ।

अन्ततः ललितपुरका एकजना प्राचार्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । गोदावरीको बज्रबाराहीमा गरिएको कोरोना परिक्षणमा प्राचार्यको आरडीटी पोजेटिभ आएको थियो । यो रिपोर्टले गोदावरीका धेरैमा तनावको स्थिती उत्पन्न भएको थियो ।

बज्रबाराहीमा गरिएको कोरोना परिक्षणमा चारजनाको आरडीटी पोजेटिभ (कोरोना संक्रमण शंकास्पद) देखिएपछि सिंगो गोदावरीमा अनेक तनाव भएको हो । स्मरण रहोस्, हिजो (बिहिबार) तीनजनाको पीसीआर नेगेटिभ आएपछि सबैमा खुशी छाएको थियो ।

र, आज ती एकजना बाँकी रहेका प्राचार्यको रिपोर्टपनि नेगेटिभ आएको हो । रिपोर्ट सार्वजनिक भएपछि हर्षित देखिएका प्राचार्यले अनलाइन पत्रिकासँग भने ‘सबैको प्रार्थनाले म सुरक्षित र ढुक्क छु । सबैको शुभेच्छाले मलाई उर्जाशील बनाएको छ ।’

बिहीबार ३ जना र शुक्रबार १ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।