गजल

नवराज सञ्जेल

म मौन छु आज, किनकी उसको लगानी छ
नक्सा हेर्दा लाग्छ, सरकार स्वाभिमानी छ ।

वक्तव्य आयो, आलोचना गर्दै छिमेकीको
राखिएन खबर यताको, उता हानी छ ।

जमिन एकै इन्च, मिचिनु हुन्न है भन्छु
संरक्षकत्व गर्नेहरुको, आआफ्नै बानी छ ।

जेठो दाई बलियो, लाग्यो भाईको अगाडि
लम्पसार परें, झनै सवाल दानापानी छ ।

साहित्यकार सञ्जेल कुरा सफाचट कार्यक्रमका संचालक हुन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।