अनलाइन पत्रिका
ललितपुर ।

जिल्ला बाहिरदेखि बिरामी ल्याइएको हुनाले कोरोना रोगसम्बन्धमा जारी सरकारी स्वास्थ्य आचारसंहिता अनुरुपमा पीसीआर गरिएको बताइएको छ ।

ललितपुरको पुल्चोकस्थित अल्का अस्पतालमा नवलपरासीका एकजनाको निधन भएको छ । ‘प्यान्क्रियाज ग्रन्थीको क्यान्सर’को कारण बिरामीको निधन भएको अस्पतालले जनाएको छ ।

‘यहाँ ल्याउँदा नै क्यान्सरको अन्तिम अवस्थामा रहेको पाइयो ।’ अस्पताल स्रोतले भने, ‘आज बिहान निधन भएको छ ।’

नवलपरासीदेखि ललितपुर ल्याउँदा अस्पतालले बिरामीको कोरोना परिक्षण रिपोर्ट अनिवार्य गरेको थियो । ‘ट्राभल हिस्टोरी’ भएकोले गरिएको आरडीटीको परिक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

जिल्ला बाहिरदेखि बिरामी ल्याइएको हुनाले कोरोना रोगसम्बन्धमा जारी सरकारी स्वास्थ्य आचारसंहिता अनुरुपमा पीसीआर गरिएको बताइएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।