जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिएपनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ ।

प्रमुख सुङका अनुसार कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरेपनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ ।

नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताएका हुन् । प्रमुख सुङका अनुसार कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरेपनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ ।

इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो । कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।