‘ललितपुर जिल्लामा एकजना कोरोना संक्रमित’ पुष्टि भएपछि…

 

अनलाइन पत्रिका
ललितपुर ।

स्वास्थ्य मन्त्रालयले आज उपत्यकामा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ । ५ मध्ये ललितपुर जिल्लाका ‘एक संक्रमित छन्’ भनेर पुष्टि गरे । मन्त्रालयले ‘ललितपुर जिल्लामा एकजना संक्रमित’ पाइएको पुष्टि गरेपछि सिंगो ललितपुरमा तनावको वातावरण बन्यो ।

यता स्रोतका अनुसार ती संक्रमित भनिएका चिकित्सकले पीसीआरको क्रममा पाटनको ठेगाना लेखाएको हो । ती चिकित्सक पाटन बस्छन् । कोरोनाको घटनाक्रम बढ्न थालेदेखि नै ती चिकित्सक कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङको टोलीमा संलग्न हुँदै आएका थिए ।

ललितपुरमा ‘संक्रमित छन्’ भनेपछि सबैभन्दा बढी तनाव प्रहरीलाई भयो । यसबारे प्रहरीमा कुनै खबर आएको थिएन । जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयपनि यसबारे अनभिज्ञता देखाए । ललितपुर महानगरपालिकाले ‘यो हाम्रो केस होइन’ भनिरहँदा गोदावरी, बाँडेगाउँ, महाँकाल गाउँपालिका र ललितपुरको धेरै स्थानमा आगोसरि ललितपुरमा एकजना संक्रमित रहेको समाचार फैलियो ।

यसो त ललितपुरमा हिजोसम्मको पीसीआर रिपोर्टको प्रतिक्षा गर्ने हो भने ललितपुरको बज्रबाराही, बाँडेगाउँ, महाँकाल गाउँपालिका, ललितपुर महानगरपालिकाका केही कोरोना संक्रमण शंकास्पदका केसहरु थिए । सम्बन्धित स्थानमा रहेकाहरुले आआफ्नै तरिकाले व्याख्या गरेपछि तनावको अवस्था उत्पन्न भएको हो ।

यता स्रोतका अनुसार ती संक्रमित भनिएका चिकित्सकले पीसीआरको क्रममा पाटनको ठेगाना लेखाएको हो । ती चिकित्सक पाटन बस्छन् । कोरोनाको घटनाक्रम बढ्न थालेदेखि नै ती चिकित्सक कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङको टोलीमा संलग्न हुँदै आएका थिए ।

स्रोतका अनुसार ती चिकित्सक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगत कार्यरत छन् । कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङका लागि विभिन्न जिल्ला आवतजावत गर्दा संक्रमण भएको हुनसक्ने बताइएको छ । ती चिकित्सकलाई टेकुको आइसोलेसनमा राखिएको छ ।

पुनश्च : गोपनीयतालाई सम्मान गर्दै ती चिकित्सकको नाम र ठेगानालाई गोप्य राखिएको हो ।  समाचार शाखा/अनलाइन पत्रिका

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।