काठमाडौं

भक्तपुरका अरूण सैंजुलगायतको टोलीले महिलाको शवलाई उठाएर आर्यघाट पु¥याईदियो ।

कोरोनाका कारण पहिलो शिकार बनिन् सुत्केरी महिला । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव अस्पतालको एम्बुलेन्सले उठाउन हिम्मत गरेन । यसैबीचमा भक्तपुरका अरूण सैंजुलगायतको टोलीले महिलाको शवलाई उठाएर आर्यघाट पु¥याईदियो ।

सैंजुको टोलीले कोरोना भाइरसविरूद्धको अभियानमा २ महिनादेखि सक्रिय छन् । यो सरकारी टोली होइन । भक्तपुर अस्पतालमा टेन्ट राखेर बसेको एउटा स्वयंसेवकको दस्ता हो ।

धुलिखेल अस्पतालको एम्बुलेन्सले शव उठाउन आनाकानी गरिरहँदा यो दस्ताले शवलाई पशुपतिसम्म पु¥याउने साहसपूर्ण कार्यको अहिले सर्वत्र चर्चा छ ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।