दिया चन्द

आजभन्दा झन्डै साढे ४ महिनाअघि चीनमा कोरोनाले भकाभक मान्छे मरे । हामी यहाँ मस्त थियौं । त्यसपछि इटाली, स्पेन, फ्रान्स र अमेरिका हुँदै छिमेकी देश भारतमा कोरोना पस्यो । अहिले जसरी विश्वभर कोरोनाले मान्छेलाई सोत्तर बनाइरहेको छ । यो समाचारबाट हामी बेखबर छैनौं ।

 

दिया चन्द

आज आफ्नै आँखा अगाडि एक नेपाली चेली हारिन् कोरोनासँग । अर्को अत्यन्तै पीडादायी कुरा उनी ९ दिनकी सुत्केरी समेत हुन् ।

आज (२०७७ जेठ ३ गते, शनिबार) नेपालमा पहिलोपटक कोरोना पुष्टि भयो । एक महिलाको मृत्यु भयो । आज आफ्नै आँखा अगाडि एक नेपाली चेली हारिन् कोरोनासँग । अर्को अत्यन्तै पीडादायी कुरा उनी ९ दिनकी सुत्केरी समेत हुन् । हामी त्यो भयानक विपत्तिसँग सावधान हुनुको सट्टा विभिन्न बहानामा लकडाउन उल्लंघन गरिरह्यौं । हामी नेपालीलाई घरभित्रै थुन्न प्रहरीले अनेक हत्कण्डा अपनाउनु परिरहेको छ ।

लाग्दैछ, यो सुरुवात मात्रै हो । अझैपनि हामी गम्भीर बनेनौं भने तपाईँ हामी भोली यसैगरी बिलाउने पक्का छ । केवल एउटा सुक्ष्म भाइरससँग हारेर । हार्दिक श्रद्धाञ्जली सावित्री दिदी । तिम्रो आत्माले शान्ति पाओस् !

चन्द संचारकेन्द्र डटकमकी सम्पादक हुन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।