सावित्री तिल्मिसिना

सुविन श्रेष्ठ
अनलाइन पत्रिका

सिन्धुपाल्चोक निवासी २९ वर्षीय सावित्री तिल्मिसिना कोरोना संक्रमितका कारण मृत्यु भएको पुष्टि भएको छ । सावित्री बैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएकी थिइन् । उनको २४ गते डेलिभरी भएको र उनको अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर गएकी थिइन् ।

मृत्युको सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड १९ सँग सम्बन्धित थप परिक्षण पश्चात् नेपालमा कोभिड १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको मन्त्रालयले पुष्टि गरेको छ ।

उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइन् । स्वास्थ्य समस्या झनझन जटिल बन्दै गएपछि उनी धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मृत्युको सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड १९ सँग सम्बन्धित थप परिक्षण पश्चात् नेपालमा कोभिड १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको मन्त्रालयले पुष्टि गरेको छ ।

उनी सभामुख अग्निप्रसाद सापकोटाको जिल्ला सिन्धुपाल्चोककी हु्न् । सिन्धुपाल्चोकका प्रदेश सभा सदस्य सुरेश नेपाल र प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले पनि सावित्रीको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका छन् ।

सुनिता बाटाजुको सहयोगमा ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।