अनलाइन पत्रिका
ललितपुर ।

हिजो बिहान हराएका ८० वर्षीय अर्जुन प्रसाद अधिकारी भेटिएका छन् । बल्खुबाट मर्निङ वाकमा हिडेका अधिकारी बिहान पुल्चोकमा भेटिएको हो । अधिकारीका परिवारले अनलाइन पत्रिकालाई फोन गर्दै भने, ‘बुबा भेटियो । अनलाइन पत्रिकालाई धेरैधेरै धन्यवाद ।’

उनका जेठा छोरा नवराज अधिकारीले भने, ‘बुबा हराएको समाचार पढेका एकजना व्यक्तिले बुबालाई पुल्चोकमा देखिएको फोन आएपछि हामी पुग्यौं ।’ अधिकारीले थपे, ‘अहिले हामी स्टार अस्पतालमा छौं । बुबाको स्वास्थ्य परिक्षण गरिरहेका छौं । यहाँलाई पुनः धेरैधेरै धन्यवाद ।’

यो पनि पढ्नुस् ।

अर्जुन बुबा हिड्दाहिड्दै बेपत्ता, कतै देख्नुभएको छ की ?

सुवास कोइरालाको सहयोगमा ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।