अनलाइन पत्रिका
ललितपुर ।

बेलुका ८ बजेर ३ मिनेट । हरिसिद्धिमा एउटा एम्बुलेन्स देखियो । चोकबाट केहीभित्र त्यो एम्बुलेन्स रोकियो । दुई झोलासहित एकजना ओर्लिए । यो दृश्य देखेका एकजना प्रत्यक्षदर्शीले घर वरपर सचेत गराए । त्यसमध्ये एकजनाले एम्बुलेन्स चालकलाई सोधे । ती मानिस सर्लाहीबाट भित्रिएका रहेछन् ।

यो समाचार तयार पारिरहँदा हरिसिद्धिका एक स्थानीयले अनलाइन पत्रिकालाई फोन गर्दै भने, ‘ती मानिसलाई भेटाउन सकिएन । ती मानिस भागिसकेका छन् ।’

अँध्यारोमा ती मानिस देखिन छाडे । स्थानीयहरु हुलमुल देखिएपछि एम्बुलेन्स एकाएक द्रुत गतिमा अघि बढाए । यो होहल्ला हुँदै गर्दा सयौं स्थानीयले सर्लाहीबाट आएका ती मानिसलाई खोज्नुपर्छ भन्दै घरघरमा पुगे ।

यो समाचार तयार पारिरहँदा हरिसिद्धिका एक स्थानीयले अनलाइन पत्रिकालाई फोन गर्दै भने, ‘ती मानिसलाई भेटाउन सकिएन । ती मानिस भागिसकेका छन् ।’

अनलाइन पत्रिकाले प्राप्त गरेको एम्बुलेन्सको पछाडि देखिएको नम्बरमा फोन गर्दा स्विचअफ आइरहेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।