अनलाइन पत्रिका
ललितपुर ।

ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा बुधबार बिहानैदेखि प्रहरीको सक्रियता बढ्यो । निदान अस्पतालभित्र रहेको आरोग्य फाउन्डेसनमा कार्यरत कर्मचारीमा कोरोना संक्रमित पुष्टि भएपछि सतर्कता अपनाइएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परिक्षण अनुसार फाउन्डेसनकी ती महिलाको स्वावमा बैशाख ३० गते साँझ कोरोना संक्रमित भएको पुष्टि गरेको हो ।

जिल्लाबाट आएकी उनी स्वास्थ्य जाँचको लागि तयार भइन् । सोहीदिन उनको स्वाव परिक्षणका लागि टेकु पठाइयो । त्यही परिक्षणको रिपोर्ट बैशाख ३० गते बेलुका (मंगलबार) आयो, उनी कोरोना संक्रमित हुन् ।

निदान अस्पतालमा १२ बजेर १० मिनेटमा अनलाइन पत्रिकाकर्मी पुग्दा सबै सेवालाई रोकेर प्रहरीले उच्च सतर्कता अपनाएको छ । अस्पतालभित्र स्वास्थ्य सेवा लिन आइपुगेका करिब ५८ जनालाई होल्ड गरिएको छ । उनीहरुको स्वास्थ्य जाँच भइरहेको छ । कोरोना संक्रमित भनिएकी महिलालाई आइसोलेसनमा र अन्य सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

निदान अस्पतालभित्रको नालीबेली

अनलाइन पत्रिकाले फेला पारेको निदान अस्पतालभित्रको घटनाक्रम यस्तो छ । निदान अस्पतालभित्र संचालित आरोग्य फाउन्डेशनकी ती महिला बैशाख ९ गते बिदा लिएर घर फर्किएकी थिइन् । उनी जिल्ला (गोप्य) मा परिवारसँग बसेर बैशाख २९ गते काठमाडौं फर्किएकी हुन् । अस्पतालको सेवा अनुरुपमा ती महिलाले आफू बसेको स्थानमा एम्बुलेन्स मगाइन् । एम्बुलेन्सबाट उनी अस्पताल फर्किइन् । जिल्लाबाट आएकी उनी स्वास्थ्य जाँचको लागि तयार भइन् । सोहीदिन उनको स्वाव परिक्षणका लागि टेकु पठाइयो । त्यही परिक्षणको रिपोर्ट बैशाख ३० गते बेलुका (मंगलबार) आयो, उनी कोरोना संक्रमित हुन् । २५ वर्षीय ती युवतीलाई टेकुमा राखिएको छ ।

पदाधिकारीहरुले सम्भावित सबैलाई सतर्कता अपनाउन भन्दै निगरानीमा राखेको छ । अस्पतालभित्र सेवा लिएकाहरुलाई भित्र नै होल्डमा राखिएको छ ।

त्यसपछि एकाएक होहल्ला र तनाव भयो अस्पतालभित्र । अस्पतालका पदाधिकारीले तत्कालै एम्बुलेन्सका चालक र अन्यलाई सुरक्षा अपनाउन निर्देशन दिँदै क्वारेन्टाइनमा बसाए । र, यो बेला अस्पतालको एम्बुलेन्सको सेवा लिएकाहरुको सोधखोज हुँदैछ । पदाधिकारीहरुले सम्भावित सबैलाई सतर्कता अपनाउन भन्दै निगरानीमा राखेको छ । अस्पतालभित्र सेवा लिएकाहरुलाई भित्र नै होल्डमा राखिएको छ । उनीहरुको स्वास्थ्य जाँचपछि निगरानीमा रहनेगरि पठाइने बताइएको छ । अस्पताल स्रोतका अनुसार हिजो र अस्ति सेवा लिएकाहरुको संख्या हेर्दा निगरानी गर्नूपर्ने संख्या बढ्नसक्छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।