ललितपुर

ख्खु जेलमा रहेका ५३ जना थुनुवाहरुको (आरडीटी) स्वास्थ्य जाँच गरिएको छ । उनीहरु सबैको स्वास्थ्य परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

उनीहरु सबैको स्वास्थ्य परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

मनोसामाजिक परामर्श केन्द्र, कारागार नख्खु ललितपुरको आयोजना, ललितपुर महानगरपालिकाको समन्वय र स्वास्थ्य कार्यालय ललितपुरको प्रविधिक सहयोगमा स्वास्थ्य परिक्षण संचालन गरिएको हो ।

प्रहरीभित्र टरेको एउटा शंका

भर्खरैमात्र, ललितपुरको एउटा वृतमा राखिएको थुनुवामा कोरोना संक्रमणको लक्षण देखिएको थियो । यो घटनाले वृत्तमा खटिएका प्रहरीमा निराशा बढाएको थियो । ‘तत्कालै ती थुनुवालाई जाँचको लागि लगियो’ प्रहरी स्रोतले अनलाइन पत्रिकालाई भने, ‘सब सुखद भयो, रिपोर्ट नेगेटिभ आयो ।’

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।