अनलाइन पत्रिका
काठमाडौं ।

माजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकतापछि ‘जनता समाजवादी पार्टी नेपाल’ नाम जुरेको छ । दुवै पार्टीका शीर्ष नेताहरु बिहीबार निर्वाचन आयोगमा गई पार्टी एकीकरण भएको जानकारी दर्ता गराएका छन् ।

एकीकरणको सूचनापछि यो पार्टी दर्ताको प्रक्रियामा अघि बढ्ने निर्वाचन आयोग स्रोतले जनाएको छ । उनीहरुले दुवै पार्टीको तर्फबाट भएको सहमतिपत्रसँगै निवेदन दिएका थिए । स्रोतका अनुसार एकीकरणको जानकारीसहितको निवेदन १३८८ औं नम्बरमा दर्ता भएको छ ।

आयोग स्रोतले अनलाइन पत्रिकालाई भने, ‘यो दल दर्ता होइन, एकीकरण भएको सूचनासहितको जानकारी पत्र दर्ता भएको हो ।’

दल दर्ताका लागि दुबै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेका थिए । उनीहरुले आयोगका अधिकारीहरुलाई पार्टी एकताको औपचारिक जानकारी दिएर आयोगमा एकीकरणको जानकारी दर्ता गराएका हुन् ।


आयोग स्रोतले अनलाइन पत्रिकालाई भने, ‘यो दल दर्ता होइन, एकीकरण भएको सूचनासहितको जानकारी पत्र दर्ता भएको हो ।’ नव एकीकृत पार्टी जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोका अनुसार झण्डा समाजवादीको र चुनाव चिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।

भण्डारीको निवासमा पार्टी एकीकरणको घोषणा

दुवै पार्टीले बुधबार मध्यराति पार्टी एकीकरणको घोषणा गरेका थिए । निर्वाचन आयोगमा समाजवादीका तर्फबाट उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ सहभागी थिए । राजपाका तर्फबाट राजेन्द्र महतो र शरद सिंह भण्डारी सहभागी भएका थिए ।

बुधबार राति समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरद सिंह भण्डारीले पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थिए । शरद सिंह भण्डारी निवासमा ४ बुँदे समतिपत्रको ड्राफ्ट तयार पारी बुधबार राति पार्टी एकीकरणको घोषणा भएको थियो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।