अनलाइन पत्रिका
ललितपुर ।

लितपुर महानगरपालिकाको वडा ९ स्थित बालकुमारी सप्तखेलका स्थानीयहरु दिनभर त्रसित बने । बालकुमारीको बाटैभरि १० रुपैयाँको भारतीय नोट भेटिएपछि स्थानीयहरु त्रसित बनेका हुन् । स्थानीयले यो विषयमा प्रहरीलाई जानकारी गरे लगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले सेनिटाइजर छर्केर बाटोमा भेटिएको नोट उठाएर संकलन गरेको थियो ।

‘कसले कुनबेला कुन नियतमा भारतीय नोट बाटोमा फयाँके ?’ यसबारे खुलेको छैन । प्रहरीले यो विषयमा गहिरो अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीले सेनिटाइजर छर्केर बाटोमा भेटिएको नोट उठाएर संकलन गरेको थियो ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।