अनलाइन पत्रिका
काठमाडौं ।

कोराना भाइरसको कारण नेपालमा भित्रने विप्रेषणमा करीब १० प्रतिशतले कमी आउन सक्ने नेपाल राष्ट्र बैंकले अनुमान गरेको छ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टका अनुसार अघिल्लो आवको ८ महिनामा करीब ५८२ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो भने चालु आवको ८ महिनामा करिब ५९२ अर्ब भित्रिएको छ । तर, चालु चौमासिकमा कोरोनाको असर स्वरूप विप्रेषण करीब १० प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

कोराेना सङ्क्रमणको वैदेशिक रोजगारीमा जानेले रोजगारी गुमाउने क्रम बढेकाले स्वदेश भित्रने विप्रेषण घट्ने अवस्था रहेको उनको भनाइ छ । नेपाल भित्रिने कुल विप्रेषण हिस्सामध्ये खाडी मुलुकबाट मात्र करीब ५० प्रतिशत रहने गरेको छ । सन् २०२० मा ती मुलुकको आर्थिक वृद्धिदर करिब तीनदेखि ४ प्रतिशतसम्म नकारात्मक बन्ने अनुमान गरिएको अवस्थामा नेपाल भित्रने विप्रेषण घट्ने अवस्था रहेको डा. भट्ट बताउँछन् । कोरोना भइरसको कारण आठसय अर्ब रुपियाँ पुग्न पनि मुस्किल हुने अवस्था रहेको डा. भट्टको बिश्लेषण छ । आजको गोरखापत्रमा खबर छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।