रक्तदातालाई रगतको व्याग हस्तान्तरण गर्दै ललितपुर महानगरपालिका वडा १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य । तस्वीर : अनलाइन पत्रिका

अनलाइन पत्रिका
सहकारी व्यूरो, ललितपुर ।

ज्वेल्स् बचत तथा ऋण सहकारी संस्थाले सामाजिक दुरी कायम राखेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व मनन गरेर रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सचिवसमेत रहेका ज्वेल्स् बचतका अध्यक्ष किरणभाई बज्राचार्यका अनुसार देशमा रगतको अभाव हुन नदिन हामीले एउटा सानो प्रयासमात्रै गरेका हौं । ज्वेल्स् बचतका अध्यक्ष बज्राचार्यले भने, ‘भोली ललितपुर सुनचाँदी व्यवसायी संघ मिलेर राहत वितरण गर्ने सोच बनाएका छौं ।’

यस्तै, ज्वेल्स् बचतका महासचिव सुविन बज्राचार्यले अनलाइन पत्रिकालाई भने, ‘कोरोना भाइरसको संक्रमणबाट आफूपनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देशलाई पनि हामीले समाजमा फैलाउने प्रयास गरेका हौं । रक्तदानमा ३९ जनाले रक्तदान गरेको थियो ।

रक्तदानका लागि लामबद्ध रक्तदाताहरु । तस्वीर : अनलाइन पत्रिका
तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।