अनलाइन पत्रिका
कीर्तिपुर ।

कीर्तिपुर नगरपालिका वडा नं. १० तःननि टोलका घरधनी गणेशमान महर्जनले प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन् । अनलाइनमार्फत कीर्तिपुरका महर्जनले काउन्सिलमा उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा ‘आफ्नो प्रतिष्ठामा आँच आउनेगरि अमानवीय काम गरेको देखाउने नियतले षडयन्त्रमुलक रुपमा फसाउन र आफ्नो सार्वजनिक सुरक्षामा आँच आउने साथै गैरकानुनी काम गरेको भनी सन्देश दिने खालको समाचार प्रकाशित भएको कारण सम्वन्धित पत्रिका र पत्रकारलाई कारवाही प्रक्रिया अघि बढाउन माग गरिएको उल्लेख छ ।

गुणराज लुईँटेल सम्पादक रहेको नागरिक पत्रिका र नागरिक न्यूज अनलाइनमा आफूले नभनेको कुरालाई लेखिएको र वास्तविकतालाई बेवास्तागरि समाजमा अफवाह फैलाउने ढंगवाट समाचार प्रकाशित गरिएको बताइएको छ ।

पत्रमा ‘गर्भवती महिला कोहलपुरवाट एम्बुलेन्समा बसी लकडाउनकै समयमा उनकी आफन्त डेरागरी बसेको मेरो घरको कोठामा आएको, कोहलपुरवाट आएका कारण र कोरोना संक्रमणको बेला स्थानीय सरकारले सबैजनाको सुरक्षाका लागि होम क्वारेन्टाइनको रुपमा मेरै घरमा राखेको र पछि सो कोठामा रहेकाहरुलाई जनप्रतिनिधि र स्थानीय प्रशासनको पहलमा कीर्तिपुर नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा लगेको हो ।’ उल्लेख छ ।

यस्तो वास्तविकतालाई बेवास्तागरि नियोजित समाचार प्रकाशित गरेका कारण प्रेस काउन्सिलले हदैसम्मको कारवाहीका लागि माग गर्दै सो उजुरी दर्ता गरिएको महर्जनले बताए । एकतर्फी समाचार प्रकाशित भएपछि कीर्तिपुरवासी प्रकासन संस्था र संवाददातासँग आक्रोशित भएका छन् । संवाददातालाई केही व्यक्तिले धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । ती संस्थाले धम्की दिनेलाई कारबाही गर्न समेत माग गरेका छन् ।

के छापिएको थियो नागरिकमा ?

नागरिकका सम्पादकले गुणराज लुईँटेलको प्रष्टिकरण

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।