प्रहरीको लाठीचार्जबाट घाइते डाक्टरले आफ्नो हात देखाउँदै । तस्वीर साभार : नेपाल लाइभ

अनलाइन पत्रिका
काठमाडौं ।

कोरोनाको महामारीका वेला सर्वसाधारणको उपचारमा खटिएका तीनजना डाक्टरमाथि कुटपिट भएको राष्ट्रिय आवासीय चिकित्सक संघले जनाएको छ ।

सेवाबाट फर्किने क्रममा शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि महाराजगञ्जको कान्ति अस्पतालपछाडि ओरालोमा बुधबार बेलुका प्रहरीले हातपात र लाठीचार्ज गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।

विश्वराज पोखरेल (डिआइजी)

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा रहेको छानविन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंह र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी सदस्य छन् ।

अध्यक्ष डा.अनुप उप्रेती र सचिव बादल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘परिचयपत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदा समेत लाठीचार्ज र गाली गलौज गर्ने प्रहरीलाई छानविनको दायरामा ल्याउन र कारबाही अगाडि बढाउन आह्वान गर्दछौं ।’

संघले विज्ञप्ति जारी गरेर घटना बाहिर ल्याएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका मेट्रो प्रमुख डिआइजी विश्वराज पोखरेलले यो विषय गम्भीर भएको भन्दै तत्कालै छानविन समिति बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा रहेको छानविन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंह र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी सदस्य छन् । समितिलाई घटनाको यथार्थ बुझेर यथाशिघ्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।