अनलाइन पत्रिका
ललितपुर ।

लितपुरको महालक्ष्मी नगरपालिकाले कोरोनाको प्रकोपबाट सजग बन्न स्थानीयलाई सचेत गराएको छ । नगरपालिकाले बिहान र साँझ बाहिर डुल्ने बानीलाई रोक्न अनुरोध गरेको हो ।

‘नगरवासीलाई लकडाउन पूर्णरुपमा पालना गर्न विनम्र अनुरोध गरेको छु, महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठले भने, ‘अत्यावश्यकबाहेकका अन्य काममा घरबाहिर निस्केर अवज्ञा नगर्नुस् ।’

उपत्यकामा कोरोना भाइरसको संक्रमण देखिएसँगै थप सतर्कता अपनाउन आवश्यक रहेको महसुस नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले यस्तो निर्णय गरेका हुन् । ‘नगरवासीलाई लकडाउन पूर्णरुपमा पालना गर्न विनम्र अनुरोध गरेको छु, नगरपालिका मेयर श्रेष्ठले भने, ‘अत्यावश्यकबाहेकका अन्य काममा घरबाहिर निस्केर अवज्ञा नगर्नुस् ।’

नगरवासीहरुको आवतजावत रोक्न टोलटोलका सडक पूर्ण बन्द गरौँ भनेर स्थानीयहरु सचेत बनेका छन् । टोलटोलमा अपरिचित व्यक्तिलाई आउन निषेध गर्नसमेत आवश्यक प्रयास गरिएको मेयर श्रेष्ठले बताए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।