अनलाइन पत्रिका
ललितपुर ।

लितपुर उद्योग वाणिज्य संघ ललितपुरको सामाजिक सहयोग अभियानलाई रविन्द्र महर्जनले हातेमालो गरेका छन् । भ्याली कन्स्ट्रक्सनका अध्यक्ष रविन्द्र महर्जनले संघको अभियानसँगसँगै सहयोगी बनेका हुन् । संघको सामाजिक अभियानसँग समन्वय गर्दै संघको आग्रहमा अध्यक्ष महर्जनले ललितपुरको इखाछेँ, हखाः, अग्निशाल, न्याखाचोकलगायतका ५५ परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

यसअघि पनि विभिन्न बस्तीमा असहाय गरिब ज्यालादारी गरी जीवन निर्वाह गरिरहेका ५२ भन्दा बढी परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन् ।

यसअघि पनि विभिन्न बस्तीमा असहाय गरिब ज्यालादारी गरी जीवन निर्वाह गरिरहेका ५२ भन्दा बढी परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन् ।

ललितपुरका समाजसेवी महर्जनले केहीसमय अघि ललितपुर महानगरपालिकालाई २५ थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) हस्तान्तरण गरिसकेका छन् । यसैगरि, पाटन अस्पताललाई ४ थान पीपीई र भाइजर मास्क चार थान उपलब्ध गराएका छन् ।

त्यस्तै, टेकु अस्पताललाई ४ थान पीपीई र भाइजर मास्क चार थान सहयोग गरेका छन् । भर्खरैमात्र नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, ललितपुरको रगत संकलन कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ पीपीई हस्तान्तरण गरेका छन् । उनले विभिन्न वडालाई समेत २० थान पीपीई सेट सहयोग गरेका छन् ।

साथै, बाजुराको हलिया परिवारमा चुलो बल्न छोडेपछि उनै अध्यक्ष महर्जनले खाद्यान्न सहयोग गरेका हुन् । उनले प्रति परिवार ३० किलो चामल, ५ किलो दाल, २ पोका नुन, २ चक्की साबुन र एक किलो चिनी गरी २१ हजार बराबरको खाद्यान्न राहत सहयोग गरेका हुन् ।

यस्तो प्रकोपमा जिम्मेवारी बोध भएको छ


रविन्द्र महर्जन
अध्यक्ष
भ्याली कन्स्ट्रक्सन प्रा.लि

विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्न यो मेरो सानो प्रयास हो । सामाजिक कार्यमा मेरो पहिलादेखि नै सक्रियता रहँदै आएको छ । यस्तो बेला सम्बन्धित निकायलाई स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गर्न पाउँदा खुशी छु । साथै, लकडाउनले दैनिक जीवन कठिन हुने परिवारलाई खाद्यान्न सहयोग गर्न पाउँदा समाजप्रति आफूलाई थप जिम्मेवार महसुस भएको छ ।

अनलाइन पत्रिकासँग कुराकानीमा आधारित ।

पाटन अस्पतालका पदाधिकारीलाई पीपीई हस्तान्तरण गर्दै । तस्वीर : अनलाइन पत्रिका
टेक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरणपछि सामूहिक तस्वीर । तस्वीर : अनलाइन पत्रिका
नेपाल रेडक्रस सोसाईटी, ललितपुरका प्रमुख बाबुराजा महर्जनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै । तस्वीर : अनलाइन पत्रिका

यो पनि पढ्नुस् ।

भ्यालीका रविन्द्रको सहयोगमा रफ्तार

स्वास्थ्य सुरक्षामा भ्याली कन्स्ट्रक्सनको सक्रियता

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।