Banner

खेल

जोहानेसबर्ग - स्पेन विश्वकपको नयाँ विजेता बनेसँगै अक्टोपस 'पल' को सबै भविष्यवाणी आइतबार राति सही सावित भएको छ । उसले स्पेनले विश्वकप जित्ने भविष्यवाणी गरेको थियो ।आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ ।

काठमाडौं । तीन पटकको विश्वकप विजेता जर्मनीलाई हराउदै स्पेन पहिलोपल्ट विश्वकपको फाइलनमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको अन्तिम सेमीफाइनल खेलमा जर्मनीलाई १-० गोलले हराउँदै स्पेन फाइनल प्रवेश गरेको हो ।

काठमाडौं - दक्षिण अफ्रिकाको जोहानेशबर्गमा भव्य कार्यक्रमबीच 'विश्वकप फुटबल-२०१०' सुरु भएको छ । ९४ हजार दर्शक क्षमताको सकर सिटी रंगशालामा विभिन्न कलाकारहरुले संगीत तथा झाँकी देखाएपछि विश्वकपको १९ औं संस्करण सुरु भएको हो । उदघाटन जस्तै समापन पनि जोहानेसवर्गस्थित सकर सीटी रंगशालामा हुनेछ । उदघाटन खेल मेक्सिको र दक्षिण अफ्रिकाले खेलेका छन् ।

काठमाडौँ । नेपालमा पहिलोपटक विश्वकपका सबै खेलको प्रत्यक्ष प्रसारण हुन लागेको छ । नेपालको इतिहासमा पहिलापटक दुई टेलिभिजन च्यानल नेपाल टेलिभिजन र एभेन्युज च्यानलले विश्वकप फुटबल प्रतियोगिता-२०१० को प्रत्यक्ष प्रसारण गर्ने भएका छन् । दुई च्यानलले प्रसारण अधिकार पाएको पनि यो पहिलोपटक हो ।

प्रारम्भिक चरण

जेठ २८ गते शुक्रबार

दक्षिण अफ्रिका–मेक्सिको (राति ८ः४५ बजे)

उरुग्वे–फ्रान्स (राति १ः४५ बजे)  

जेठ २९ गते शनिबार

दक्षिण कोरिया–ग्रिस (साँझ ६ः१५ बजे)

अर्जेन्टिना–नाइजेरिया (राति ८ः४५ बजे)

इंग्ल्यान्ड–अमेरिका (राति १ः१५ बजे)  

जेठ ३० गते आइतबार

अल्जेरिया–स्लोभानिया (साँझ ६ः१५ बजे)

सर्विया–घाना (राति ८ः४५ बजे)

जर्मनी–अस्टे् [ … ]

काठमाडौं । नेपाल राष्ट्र बैंकको ५५ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर बैंक भलिबल प्रतियोगिता अन्तर्गत आजको लिग चरणको भएको खेलमा माछापुच्छ्रे बैंकले बैंक अफ एशिया, कुमारी बैंकले ग्लोबल बैंकलाई, स्टाण्डर्ड चार्टर्ड बैंकले नेपाल बैंक लि. लाई र कृषि विकास बैंकले एनएमबी बैंकलाई पराजित गरेका छन् ।

नेपालगज । समयमै संबिधान भन्ने मुख्य सन्देश सहित अन्तरालद्वारा नेपालगजमा संचालित प्रथम अन्तर बैंक फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि बागेश्वरी बिकास बैंकले  हात पारेको छ  । नेपालगज रंगशालामा भएको फाइनल खेलमा बैक अफ एसियालाई १-० ले पछि पार्दै बागेश्वरीले उक्त उपाधि हात पारेको हो ।

काठमाडौं – युथ ओलम्पिक खेलकुदमा तेक्वान्दोको सहभागिता नभएको विरोधमा गठित सङ्घर्ष समितिले आइतबार युवा तथा खेलकुद मन्त्रालय तोडफोड गरेको छ। राष्ट्रिय छनोट प्रक्रिया पूरा गरेर दक्षिण कोरियामा एक महिना विशेष प्रशिक्षणसमेत गरेका चार खेलाडीलाई मेक्सिकोमा सम्पन्न विश्व जुनियर च्याम्पियनसिप (ओलम्पिक छनोट) मा भाग लिनबाट वञ्चित गरिएको विरोधमा फागुन दोस्रो साता सङ्घर्ष समिति गठन भएको थियो। समितिले मन्त्रालयसमक्ष फागुन १८ मै ६ बूँदे ज्ञापनपत्र बुझाएकोमा कुनै सुनुवाई नभएको भन्दै आइतबार मन्त्रालय घेराउको कार्यक्रम गरेको थियो।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • अनमिन फेरि अबसर  ! सोमबार प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको भेटमा अनमिन प्रमुख करिन ल्यानग्रेन । नेपाली सेना र अनमिनका आपसी चासोको विषयमा सेनापति गुरुङ र ल्याण्ग्रेनबीच छलफल भएको थियो । तस्विर सौजन्यः नेपाली सेना

    ठूलो आकृति »
  • क्याम्पस बग्ने खतरा । कैलालीको मध्यभागमा अवस्थित डोडा नदीले कटान गरेको दरख गाविस वडा नं. ५ लोहरपुर गाउँको एक भाग । घोडाघोडी बहुमुखी क्याम्पसपनि डोडा नदी कटानले बग्ने सम्भावना बढ्न गएको छ । तस्विर-कपिल भट्ट/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बन्धुत्व हाँसो ! गोदावरी सामुदायिक अस्पताल निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहने महायज्ञ भदौ १७ सम्म चल्नेछ । तस्वीर : दीपेन्द्र महर्जन /अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिमा सहभागिता ! ललितपुरको टौखेलमा प्रारम्भ भएको श्रीमतभागवत् सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सहभागी स्थानीय महिला । गोदावरी सामुदायिक विकास केन्द्र तथा नमुना महिला विकास सहकारीको आयोजनामा सो महायज्ञ हुन लागेको हो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner