Banner

काठमाडौ - राजधानीको मुख्य पर्यटकीयस्थल बौद्ध स्तुपा (छ्योर्तेन) भित्रको प्राचीन अजिमा देवीको मूर्तिलाई अढाई दशकपछि जीर्णोद्धार गरेर नयाँ स्वरूप प्रदान गरिएको छ । २०४२ सालमा चाँदीको पाता र सुनको जलपले यसको जीर्णोद्धार गरिएको थियो । बौद्ध घ्याङ गुठीको पहलमा बौद्धनाथ क्षेत्र विकास समितिले स्थानीयवासीको आर्थिक सहयोगले १८ तोला सुनको लेप प्रयोग गरी मूर्तिलाई सुन्दर स्वरूप दिएको हो । बौद्ध धर्मालम्बी स्थानीय तामाङ्गहरूले यसलाई इष्टदेवीका रूपमा पूजा गर्छन् । 'प्राचीन धरोहरबारे युवा पुस्ता र पर्यटक दुवैले जानुन् भन्ने उद्देश्य हो,' बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष दीपेन लामाले भने, 'पर्यटक र शोधकर्ताको ओइरो लाग्ने यो थलोमा अजिमा खोज र अध्ययनको सशक्त विषय हो ।' तिब्बती भाषाको पुस्तक 'काथाङ घुइपा' का अनुसार सातौं शताब्दीमा विश्वको आठ पवित्र स्थलमा अजिमाको स्थापना गरिएको थियो । तीमध्ये तिब्बत, भारत र नेपालका दुई/दुई स्थलमा, श्रीलंका र मलेसियाका एक/एक स्थलमा यो मूर्तिको प्राण प्रतिष्ठापन गरिएको थियो । काठमाडौंको स्वयम्भुको हारतीमा अजिमाको अर्को मूर्ति छ । 

तामाङ्ग भाषामा मम् ठकुरानी, मम् पुकोसिद्धि, नेवारमा अजिमा, छस्कामुनि, तिब्बती भाषामा पुकासिदी र संसारभरि 'मम्' को नामले पुजिने यस देवीको अर्थ नेपाली भाषामा बज्यै हुन्छ । प्रत्येक गुम्बामा स्वदेश र विदेशका सयदेखि ५ सय भिक्षु- भिक्षुणीहरू बौद्ध धर्मबारे विद्या आर्जन गर्न आउने गर्छन् । बौद्ध क्षेत्रमा ४० वटा गुम्बाहरू निर्माण भइसकेका छन् र केही निर्माण हुने क्रममा छन् ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • अनमिन फेरि अबसर  ! सोमबार प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको भेटमा अनमिन प्रमुख करिन ल्यानग्रेन । नेपाली सेना र अनमिनका आपसी चासोको विषयमा सेनापति गुरुङ र ल्याण्ग्रेनबीच छलफल भएको थियो । तस्विर सौजन्यः नेपाली सेना

    ठूलो आकृति »
  • क्याम्पस बग्ने खतरा । कैलालीको मध्यभागमा अवस्थित डोडा नदीले कटान गरेको दरख गाविस वडा नं. ५ लोहरपुर गाउँको एक भाग । घोडाघोडी बहुमुखी क्याम्पसपनि डोडा नदी कटानले बग्ने सम्भावना बढ्न गएको छ । तस्विर-कपिल भट्ट/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बन्धुत्व हाँसो ! गोदावरी सामुदायिक अस्पताल निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहने महायज्ञ भदौ १७ सम्म चल्नेछ । तस्वीर : दीपेन्द्र महर्जन /अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिमा सहभागिता ! ललितपुरको टौखेलमा प्रारम्भ भएको श्रीमतभागवत् सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सहभागी स्थानीय महिला । गोदावरी सामुदायिक विकास केन्द्र तथा नमुना महिला विकास सहकारीको आयोजनामा सो महायज्ञ हुन लागेको हो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner