Banner

धर्म संस्कृति

मोहम्मद रमजान अली मियाँ  । रमजान इस्लामी क्यालेण्डरको नवौं महिनाको नाम हो  । इस्लाम धर्मको प्रमुख आधार मध्ये तेस्रो अनिवार्य उपासना 'रोजा' अर्थात् उपवास हो । यो रोजा के हो त  जुन पाठलाई नमाजले प्रति दिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पुरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ । रमजान लागेपछि बिहान सुर्यादयभन्दा पहिला देखि बेलुका [ … ]

अनलाईन पत्रिका, ललितपुर । 'यो जात्रामा सहभागी भएकालाई झाडाबान्ता जस्ता समस्याहरु नहुने जनबिश्वास रहेको छ' पाटनका बृद्ध बिलबहादुर डंगोलले मयुर जात्राको महत्व केलाउँदै बताए । 'त्यसैले त यहाँ सितिमिति महामारी फैलिदैन ।'

सुबिन  श्रेष्ठ, ललितपुर । गुँन्हु पुन्हीको तेस्रो दिन मतया यात्रा शुरु भएको छ । यस यात्रामा बुद्ध धर्मालम्वीहरु आफ्ना मृतक आत्माको शान्तिको कामना गर्दै मोक्ष प्राप्त होस् भन्ने संकल्पको साथ ललितपुरमा चार दिशामा अवस्थित अशोक स्तम्भ भित्र बुद्ध मन्दिर स्तुपा र अरु देवीदेवताको मन्दिर पूजा गर्दै पैसा अन्न आदि चढाउदै परिक्रमा गर्छन् ।

काठमाडौं । दिवङ्गत हुनेहरुको आत्मशान्तिका लागि बुधबार काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा साँस्कृतिक पर्व गाईजात्रा मनाइँदैछ । गाईजात्रामा एक वर्ष भित्र दिवङ्गत भएकाहरुको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिंगारी टोलमा परिक्रमा गराउने प्रचलन छ । यसरी परिक्रमा गरिएकाहरुलाई श्रद्धालुहरुले अन्न र पैसा दान गर्छन्

काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा, देशभर हिन्दू धर्मालम्वीहरु ऋषि तर्पणी अर्थात् जनैपूर्णिमा पर्व मनाउँदै छन् । आजै पाटनको कुम्भेश्वरलगायत रसुवाको गोसाइकुण्ड, नवलपरासीको त्रिवेणीलगायतका धार्मिक क्षेत्रमा मेला लागिरहेको छ ।

कपिल भट्ट, १ भाद्र, कैलाली । सुदूरपश्चिममा हर्षोल्लासका साथ आज ओल्के संक्रान्ति पर्व मनाईदैछ । यो पर्व भाद्र संक्रान्तिको दिन आज मनाईन्छ । ओल्के भन्नाले सौगात उपहार वा कोसेली भन्ने बुझिन्छ ।

ललितपुर । श्रावण शुक्ल गुँलाथ्व प्रतिपदाबाट गुँलाधर्म शुरु हुन्छ । ललितपुरमा गुँला धर्मको पहिलो दिनदेखि बुगी रातको ११/१२ बजेबाट प्रारम्भ हुन्छ । बुगी उज्यालो भएको ठाउँमा रोकिन्छ । त्यो दिनको बुगी यात्रा समाप्त हुन्छ । फेरि त्यसैदिनको रातको पूर्व समयमा बिहान रोकिएको स्थानबाट बुगी यात्रा शुरु हुन्छ ।

प्रा.डा दुर्गाप्रसाद दवाडी । व्रत शब्दको अर्थ भोजन नगर्नु हो, व्रत गर्छ भन्नु भोजन गर्दैन भन्नु हो । साथै व्रत शब्दको अर्थ भोजन गर्नु पनि हो । यो व्रत गर्छको अर्थ दुध मात्र खान्छ । एउटा व्रतले मात्र अनेक रोगको नाश गर्छ भनिन्छ । व्रत गर्नाले लौकिक र पारलौकिक दुवै फल प्राप्त हुन्छन् । नियमपूर्वक व्रत र उपवासले उत्तर स्वास्थ्य र दीर्घजीवन प्राप्त हुन्छ ।

काठमाडौं, १ साउन । आज साउने संक्रान्ति, हिन्दू परम्परा अनुसार आजबाट बर्षका पर्वहरु शुरु हुने मान्यता रहदै आएको छ । आजको दिन बेलुका लुतो फाल्ने गरिन्छ भने गाउँमा राती युवायुवती जम्मा भएर गीत गाउने नाचगान गर्ने रमाईलो गर्ने गर्दछन ।

काठमाडौ - राजधानीको मुख्य पर्यटकीयस्थल बौद्ध स्तुपा (छ्योर्तेन) भित्रको प्राचीन अजिमा देवीको मूर्तिलाई अढाई दशकपछि जीर्णोद्धार गरेर नयाँ स्वरूप प्रदान गरिएको छ । २०४२ सालमा चाँदीको पाता र सुनको जलपले यसको जीर्णोद्धार गरिएको थियो । बौद्ध घ्याङ गुठीको पहलमा बौद्धनाथ क्षेत्र विकास समितिले स्थानीयवासीको आर्थिक सहयोगले १८ तोला सुनको लेप प्रयोग गरी मूर्तिलाई सुन्दर स्वरूप दिएको हो । बौद्ध धर्मालम्बी स्थानीय तामाङ्गहरूले यसलाई इष्टदेवीका रूपमा पूजा गर्छन् ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • अनमिन फेरि अबसर  ! सोमबार प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको भेटमा अनमिन प्रमुख करिन ल्यानग्रेन । नेपाली सेना र अनमिनका आपसी चासोको विषयमा सेनापति गुरुङ र ल्याण्ग्रेनबीच छलफल भएको थियो । तस्विर सौजन्यः नेपाली सेना

    ठूलो आकृति »
  • क्याम्पस बग्ने खतरा । कैलालीको मध्यभागमा अवस्थित डोडा नदीले कटान गरेको दरख गाविस वडा नं. ५ लोहरपुर गाउँको एक भाग । घोडाघोडी बहुमुखी क्याम्पसपनि डोडा नदी कटानले बग्ने सम्भावना बढ्न गएको छ । तस्विर-कपिल भट्ट/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बन्धुत्व हाँसो ! गोदावरी सामुदायिक अस्पताल निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहने महायज्ञ भदौ १७ सम्म चल्नेछ । तस्वीर : दीपेन्द्र महर्जन /अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिमा सहभागिता ! ललितपुरको टौखेलमा प्रारम्भ भएको श्रीमतभागवत् सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सहभागी स्थानीय महिला । गोदावरी सामुदायिक विकास केन्द्र तथा नमुना महिला विकास सहकारीको आयोजनामा सो महायज्ञ हुन लागेको हो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner