समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

आजको राशिफल

अन्य दिनको राशिफल हेर्नुहोस् ।

आज वि.सं. २०७३ साल पुस २३ गते शनिबारको राशिफल

मेष :-

रमाइलोको पछि लाग्नाले हातमा आएको काम पनि गुमाउनु पर्नसक्छ | समयमा निर्णय लिन नसक्दा पछि परिनेछ | स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा खानपानमा बिशेष ध्यान दिनुपर्ने देखिन्छ | व्यपारमा सोचेजति फाइदा नहुनसक्छ |

बृष :-

समयमा निर्णय लिन नसक्दा पछि परिनेछ | खर्च बढ्नेछ | विवाद पर्नसक्ने हुँदा सोचेर मात्र काम गर्दा राम्रो हुनेछ | समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ भने फल पाउन समय प्रतिक्षा गर्नुपर्नेछ | यात्राको योग रहेको छ |

मिथुन :-

नयाँ काम हात पर्न सक्छ | आम्दानी बदेपनि तत्काल खर्चनुपर्ने स्थिति आउला | गरिएको कामको राम्रो फल पाउन समय प्रतिक्षा गर्नुपर्नेछ | कृषि, पशुपालनमा आदिमा सामान्य फाइदाकै समय छ | स्वास्थ्यमा समस्या आउनसक्छ |

कर्कट :-

गरिएको कामको राम्रो फल पाइनेछ | नयाँ काम हात पर्न सक्छ | मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै मनग्य लाभ हुनेछ | नयाँ साथीको साथले थप उठसाह थप्नेछ | आफन्तको राम्रो सहयोग प्राप्त हुनेछ | भौतिक साधन संग्रह गर्ने मौका छ |

सिंह :-

सामाजिक काममा रुचि बढ्नेछ | समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ | नयाँ काम हात पर्न सक्छ | व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ | जटिल ठानिएको काम पनि सजिलै सम्पादन हुनेछ |

कन्या :-

विगतका समस्या बल्झिन सक्ने हुँदा काम बिग्रने भयले सताउनेछ भने मन खिन्न रहनेछ | अरूका काममा धेरै समय खर्चनुपर्ला | नयाँ काम सुरु गर्नु भन्दा पहिले राम्ररी विचार गर्नु पर्ने देखिन्छ | पहिलेको कामलाई निरन्तरता दिंदा राम्रो हुनेछ |

तुला :-

व्यापारले फाइदा दिलाए पनि वादविवादले समस्या निम्त्याउन सक्छ | हतारमा काम गर्दा समस्या आउनसक्छ | प्रेम जीवन सुमधुर रहनेछ | अरुको साथ नपाएपनि परिवारजनको सहयोगले हौसला बढ्नेछ | आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ |

बृश्चिक :-

मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै मनग्य लाभ हुनेछ | जटिल ठानिएको काम पनि सजिलै सम्पादन हुनेछ | शत्रुमाथि जित हासिल हुँदा काममा उत्साह बढ्नेछ | कुरा काट्नेहरुले पनि तारिफ गरेर मित्रताका हात अघि बढाउलान् |

धनु :-

आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ | अध्ययनमा मन जानेछ | मेहनतले सम्मानित स्थान दिलाउनाले उत्साह बढ्नेछ | सोचेर गरिएको काममा सबैले तारिफ गर्नेछन | लगनशीलता बढ्ने हुँदा नयाँ काम हात पर्नेछन् |

मकर :-

नयाँ काम सुरु गर्नु भन्दा पहिले राम्ररी विचार गर्नु पर्ने देखिन्छ | पहिलेको कामलाई निरन्तरता दिंदा राम्रो हुनेछ | वादविवादले समस्या निम्त्याउन सक्छ | बोलीको कारणले आलोचित भइएला | अरूका काममा धेरै समय खर्चनुपर्ला | कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ |

कुम्भ :-

सहयोगीहरूले काममा उत्साह जगाउनेछन् | रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ | व्यापारमा फाइदा हुनेछ | मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ | शत्रुमाथि जित हासिल हुँदा काममा उत्साह बढ्नेछ | गरिएको कामबाट राम्रै प्रतिफल प्राप्त हुनेछ |

मीन :-

बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् | आर्थिक समस्याले सतौनेछ | पहिले गरिएको कामबाट केहि लाभ प्राप्त हुनेछ | शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ | आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ | मानसम्मानमा आघात पुग्न सक्छ |