Banner

राष्ट्रिय

काठमाडौं । माओवादीले चिनियासँग सांसद किन्नका लागि ५० करोड माग गरेको विवादास्पद टेप प्रकरणबारे छानबिन गर्न कङ्ग्रेस संसदीय टोलीले सभामुखको ध्यानाकर्षण गराएको छ । कङ्ग्रेस महामन्त्री विमलेन्द्र निधीको नेतृत्वमा गएको टोलीले अविलम्ब यसबारे छानबिन गर्न आग्रह गरेको छ । टोलीमा संसदीय दलका सचिव नवीन्द्रराज जोशीलगायत छन् ।

कपिल भट्ट, कैलाली । कैलालीबाट प्रकाशित हुने अनुमोदन राष्ट्रिय दैनिक र एबिसी टेलिभिजनको सुदूरपश्चिम क्षेत्रीय
व्युरो कार्यालयमा गएराति आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष दीर्घराज उपाध्यायको नेतृत्वको टोलीले दैनिकको कार्यालयमा आक्रमण गरेको हो ।

कैलाली । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कैलालीको बनबेहडामा पहिचान नभएको समूहले धनगढीका उद्योगपति ओमप्रकाश अग्रवालको पिकअप भ्यानमा हिजो साँझ आगजनी गरेको छ ।

कपिल भट्ट, कैलाली । जंगली हात्तीहरुको एक समूहले गएराती कैलालीको रतनपुर गाउँ विकास समिति वडा नम्बर ६ वसन्तामा एक दर्जन बढी घर भत्काउनुका साथै २० विगाहामा लगाईएको धानवाली समेत नष्ट गरिदिएका छन ।

नवलपरासी । नवलपरासीको सुक्रौली गाउँ विकास समितिमा खुकुरी प्रहारबाट आज बिहान एक जनाको हत्या भएको छ ।

सुरजकुमार भुजेल, पालुङ । कृष्ण जन्माष्टमी पर्व रथयात्रा जात्राको विषयमा भएको झगडाको आज सहमति भएको छ । पर्वको समयमा बाजागाजा सहित थाहा गेट कटेर शिखरकोट तर्फ नआउने र यसप्रकारका कि्रयाकलापहरु कसैले नदोहोर् याउने भन्दै मिलापत्र भएको हो ।

कपिल भट्ट,अनलाईन पत्रिका, कैलाली । पूर्वयुवराज पारस शाहले विभिन्न क्षेत्रमा योगदान पुर् याउने एक दर्जन विविध क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्नुभएको छ ।

ललितपुर । अनुहार दुब्लाएका र जीउडालमा पातलो एउटा शरीर जिविस कार्यालयमा उपस्थित हुलमा  गएर निवेदन पत्र देखाउनेमा व्यस्त थिए । मुटु रोगीको सिफारिश पत्र बोकेर आर्थिक सहयोगको याचना गर्दे जिविस कार्यालयमा देखिएका हुन् । कार्यालयमा उपस्थित भएका कर्मचारीलगायत अन्य व्यक्तिहरुबाट उनले केही आर्थिक सहयोग बटुले पनि ।

अनलाईन पत्रिका, कैलाली । अनौपचारिक क्षेत्र सेवाकेन्द्र इनेसकले स्थानीय निकाय सचालनका लागि बनाइएका राजनीतिक दलहरुको संयुक्त संरचना भ्रष्टाचार र मनपरितन्त्रमा लिप्त रहेको आरोप लगाएको छ ।

अनलाईन पत्रिका, कैलाली । धनगढी नगरपालिका वडा नम्बर २ की ६२ बर्षीया रम्बादेवी ओझाको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • गुणस्तर सम्मेलन ! नेपाल उद्योग वाणिज्य महासंघमा पहिलो पटक गुणस्तर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना बारेमा जानकारी गराउँदै महासंघका अध्यक्षलगायत पदाधिकारी । उत्पादकत्व तथा गुणस्तरसम्बन्धमा नेपालमा कार्यरत संस्था Network for Quality,Productivity and Competitiveness-Nepal (NQPCN) द्वारा आयोजना गरिने सम्मेलन आगामी असोज २ देखि ४ गतेसम्म आयोजना हुनेछ । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • सेवा कस्तो छ ? राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति डा. रामवरण यादवबाट नेपाली सेनाको छाउनीस्थित श्री वीरेन्द्र अस्पतालको भ्रमण गर्नुभई त्यहाँस्थित विभिन्न कक्षको निरीक्षण गर्नुभयो । निरीक्षण कार्यक्रममा रक्षामन्त्री श्रीमती बिद्यादेवी भण्डारी, प्रधानसेनापति महारथी श्छत्र मान सिंह गुरुङ्ग, राष्ट्रपतिको कार्यालयका सचिव श्री बामन प्रसाद न्यौपाने, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । तस्वीर : नेपाली सेना

    ठूलो आकृति »
  • उपस्थितीको उपहार ! काठमाडौंको फुटुङ्गस्थित नवनिर्मित शिव मन्दिरमा पुजाआजा कार्यक्रममा सहभागी भएकोमा आयोजकको तर्फबाट उपहार थाप्दै पुर्वराजा ज्ञानेन्द्र । तस्वीरः अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जित्ने सुर ! ज्यापु समाज ललितपुरको सत्रौं बार्षिकत्सबको अवसरमा खेलकुद उपसमितिद्धारा आयोजित चौथो खुल्ला राष्ट्रिय दौड प्रतियोगिताको दृश्य । १० किमी, पुरुष खुल्ला ५ किमी, महिला खुल्ला ५ किमी, स्कुल पुरुष र ३ किमी, स्कुल महिला दौड प्रतियोगिता आयोजना गरिएको थियो । तस्वीर : सानु महर्जन

    ठूलो आकृति »
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner