Banner

काठमाडौँ, ९ साउन । अभियान साहित्य प्रतिष्ठानले हरेक दुई वर्षमा प्रदान गर्दै आएको 'रु. एकको बेग्लै अभियान पुरस्कार' यस वर्षका लागि समालोचक आनन्ददेव भट्टलाई प्रदान गरिने भएको छ । समालोचक भट्ट लामो समयदेखि प्रगतिशील साहित्यिक लेखन, चिन्तन र सङ्गठनमा आबद्धहुँदै आएका छन् । उनी प्रगतिशील लेखक सङ्घ (प्रलेस) का पूर्वअध्यक्ष पनि हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राजेन्द्र सुवेदीको संयोजकत्वमा प्रलेसका अध्यक्ष घनश्याम ढकाल र प्रतिष्ठानका उपाध्यक्ष सहप्राध्यापक कृष्णप्रसाद घिमिरे सदस्य रहेको छनोट समितिको सिफारिसका आधारमा भट्टलाई पुरस्कार दिने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष प्रभात सापकोटाले बताए ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष रामप्रसाद ज्ञवालीको कार्यकालमा सिर्जनात्मक पुरस्कारमा रकमको भन्दा निष्ठाको मूल्य स्थापित गराउन 'एक रुपैयाँको पुरस्कार' प्रदान गर्ने परम्परा थालनी भएको आयोजकले बताए । यसअघि यो पुरस्कारबाट स्रष्टाहरु दुर्गालाल श्रेष्ठ, शान्तदास मानन्धर र खगेन्द्र सङ्ग्रौला पुरस्कृत भइसकेका छन् । रासस

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • अनमिन फेरि अबसर  ! सोमबार प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको भेटमा अनमिन प्रमुख करिन ल्यानग्रेन । नेपाली सेना र अनमिनका आपसी चासोको विषयमा सेनापति गुरुङ र ल्याण्ग्रेनबीच छलफल भएको थियो । तस्विर सौजन्यः नेपाली सेना

    ठूलो आकृति »
  • क्याम्पस बग्ने खतरा । कैलालीको मध्यभागमा अवस्थित डोडा नदीले कटान गरेको दरख गाविस वडा नं. ५ लोहरपुर गाउँको एक भाग । घोडाघोडी बहुमुखी क्याम्पसपनि डोडा नदी कटानले बग्ने सम्भावना बढ्न गएको छ । तस्विर-कपिल भट्ट/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बन्धुत्व हाँसो ! गोदावरी सामुदायिक अस्पताल निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहने महायज्ञ भदौ १७ सम्म चल्नेछ । तस्वीर : दीपेन्द्र महर्जन /अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिमा सहभागिता ! ललितपुरको टौखेलमा प्रारम्भ भएको श्रीमतभागवत् सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सहभागी स्थानीय महिला । गोदावरी सामुदायिक विकास केन्द्र तथा नमुना महिला विकास सहकारीको आयोजनामा सो महायज्ञ हुन लागेको हो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner