काठमाडौं । साहित्यकार झमक घिमिरेको १० औं कृति 'जीवन काँडा कि फूल' सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानमा गत सोमबार आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले कृतिको विमोचन गरेका हुन् ।
यो पुस्तकलाई झमकले आत्मवृत्तान्त बताएकी छन् । ३० औं जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा उनले सबैलाई अनुरोध गरिन् 'मान्छेले मान्छेसँग मान्छेलाई जस्तो व्यवहार र भावना राख्नुपर्छ ।' शारीरिक अपांगता भएकी झमकले यस पुस्तकमा जीवनका तीता क्षणहरुलाई समावेश गरेकी छन् ।
अपांगहरु मानसिक रुपमा अपांग हुन्नन् भन्ने उदाहरण उनले दिएकी छिन् । झमक घिमिरे कला प्रतिष्ठानद्धारा आयोजित कार्यक्रमको अन्त्यमा साहित्यकार कृष्णचन्द्रिसंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो । सोही अवसरमा साहित्यकार भद्राकुमारी घलेले १ लाखको झमक घिमिरे पुरस्कार कोष स्थापना गरेको घोषणा गर्नुभयो ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this









