Banner

साहित्य

काठमाडौं । शब्दसागरको अंग्रेजी संस्करण नेपाली अंग्रेजी शब्दसागर र नेपाली अंग्रेजी संस्कृत शब्दसागरको लोकार्पण भएको छ । साहित्यिक व्यक्तित्वहरुको उपस्थितीमा शब्दसागर विमोचन भएको हो ।

साउदी अरेविया । कवि मोतीराम भट्टको १४५ औं जन्म जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघको दोस्रो शाखा स्थापना गरिएको छ । साउदीमा रहनुभएका मिडियाकर्मी सागर श्रेष्ठको संयोजकत्वमा सम्पन्न छलफलले संघको स्थापना भएको आधिकारिक घोषणा गरेको हो ।

आवाज श्रेष्ठ ।  हिजो आज सब काम बिगिएको छ उसको । असफलता मात्रै चौतर्फी । नुन खाएको कुखुरा जस्तै झोक्राउनु कति कति । निरशताको जड मनैभरि उमि्रएका छन् । उजाड गतिविधिमा अल्झिनु बाध्यता उसको । आखिर केही कुनै काम किन बनेन  उ प्रश्न गर्छ आपुूलाई पटक पटक । तर समाधानको बाटो सधैं अपुरो । जिन्दगीको सही गतव्य पहिल्याउन उ सकिरहेको छैन । उसको निश्कर्ष यो पनि ।

काठमाडौँ, ९ साउन । अभियान साहित्य प्रतिष्ठानले हरेक दुई वर्षमा प्रदान गर्दै आएको 'रु. एकको बेग्लै अभियान पुरस्कार' यस वर्षका लागि समालोचक आनन्ददेव भट्टलाई प्रदान गरिने भएको छ । समालोचक भट्ट लामो समयदेखि प्रगतिशील साहित्यिक लेखन, चिन्तन र सङ्गठनमा आबद्धहुँदै आएका छन् । उनी प्रगतिशील लेखक सङ्घ (प्रलेस) का पूर्वअध्यक्ष पनि हुन् ।

काठमाडौं । साहित्यकार झमक घिमिरेको १० औं कृति 'जीवन काँडा कि फूल' सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानमा गत सोमबार आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले कृतिको विमोचन गरेका हुन् ।

काठमाडौं । उपन्यासकार नारायण ढकाललाई साझा पुरस्कार २०६५ र समालोचक पुरुषोतम सुवेदीलाई साझा पुरस्कार २०६७ प्रदान गरिने भएको छ ।

काठमाडौ - नारायण ढकालको उपन्यास 'प्रेतकल्प' लाई २०६५ सालको साझा पुरस्कार प्रदान गरिएको छ । यसैगरी, २०६६ सालका लागि भने यही पुरस्कार समालोचक पुरुषोत्तम सुवेदीले पाएका छन् ।

काठमाडौँ । प्रख्यात निबन्धकार कृष्णचन्द्र सिंह प्रधानको ८५ वर्षको उमेरमा बिहीबार निधन भयो । सामान्य ज्वरो आएको र दिउँसो अचानक अप्ठेरो भएपछि अस्पताल लैजाँदालैजाँदै प्रधानको अपराहृन ५ बजे निधन भएको थियो ।

काठमाडौं  - यस पटकको पूर्णप्रकाश नेपाल यात्री सृजनशील सम्मानबाट साहित्यकार कृष्णप्रसाद पराजुलीलाई सम्मान गरिएको छ । सो पुरस्कारको राशी दशहजार रुपैयाँ रहेको छ। साहित्य सदन नेपालले काठमाडौमा आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काँइलाले उहाँलाई सम्मान गर्नुभएको हो ।

असार ९, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज प्रतिष्ठानका विभिन्न २५ जनालाई प्रज्ञासेवा पदक र दुईजनालाई दीर्घसेवा पदक प्रदान गरेको छ । प्रतिष्ठानको ५३ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका कुलपति तिलबिक्रम नेम्बाङ (वैरागी काइँला)ले उहाँहरूलाई सो पदक प्रदान गर्नुभएको हो ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • अनमिन फेरि अबसर  ! सोमबार प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको भेटमा अनमिन प्रमुख करिन ल्यानग्रेन । नेपाली सेना र अनमिनका आपसी चासोको विषयमा सेनापति गुरुङ र ल्याण्ग्रेनबीच छलफल भएको थियो । तस्विर सौजन्यः नेपाली सेना

    ठूलो आकृति »
  • क्याम्पस बग्ने खतरा । कैलालीको मध्यभागमा अवस्थित डोडा नदीले कटान गरेको दरख गाविस वडा नं. ५ लोहरपुर गाउँको एक भाग । घोडाघोडी बहुमुखी क्याम्पसपनि डोडा नदी कटानले बग्ने सम्भावना बढ्न गएको छ । तस्विर-कपिल भट्ट/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बन्धुत्व हाँसो ! गोदावरी सामुदायिक अस्पताल निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहने महायज्ञ भदौ १७ सम्म चल्नेछ । तस्वीर : दीपेन्द्र महर्जन /अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिमा सहभागिता ! ललितपुरको टौखेलमा प्रारम्भ भएको श्रीमतभागवत् सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सहभागी स्थानीय महिला । गोदावरी सामुदायिक विकास केन्द्र तथा नमुना महिला विकास सहकारीको आयोजनामा सो महायज्ञ हुन लागेको हो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner