Banner

चौतारी

सुबिन कुमार श्रेष्ठ । पाँचौ पटकसम्मको देशको प्रधानमन्त्री चयन हुन नसकेको र वरिष्ठ पार्टीगत नेताको बीचमा सहमति नमिलेपछि सर्बत्र निन्दा हुन थालेको छ ।

नेपाली पत्रकारिताको विकाससँगै विश्वका विभिन्न देशमा पुगेका नेपाली पत्रकारहरुले शुरु गरेको पत्रकारिता आज विश्वभरी विभिन्न माध्यमवाट फैलिएको छ । नेपालीहरुको जनघनत्ववृद्धिसँगै विभिन्न सामाजिक कृयाकलापहरु वृद्धि हुन थालेपछि ती विभिन्न देशमा नेपाली पत्रकारिता आवश्यकता महशुस गरिन थाल्यो ।

सुबिन श्रेष्ठ । आखिर समयको गति नै हो । कहाँ कतिखेर को सँगको मिलन/विछोडको रेखा कोरिएको हुन्छ थाहै हुँदैन । यस्तै भेटको सिलसिला पुरानो हुँदै जाने र मिलनको अवस्था फर्किने कमै सम्भावना हुन्छ । मिलनका किस्ताहरुको किताबको सादा पन्नाका खेस्राहरुमा निकै वर्षपछि कोरियो भगवानसँग भेटको अवसर । चाहेर हुने भेटको अवस्था अनि उखान भए जस्तै खोलो नफर्किए पनि भगवानसँग [ … ]

काठमाडौ । घरेलु कामदार बनेर खाडीको साउदी अरेबिया पुगेका नेपाली युवतीहरुको एक समुह कामको चाप र सास्ती बेहोर्न नसकेर स्वदेश फिरेका छन् । रियादस्थित नेपाली दुतावासको आश्रयस्थलमा महिनौंसम्म आश्रति भएर मुश्किलले जोहो गरेको घरफिर्ती टिकटका भरमा बिजोगको मनस्थिती लिएर १५ युवती एकसाथ घर फिरेका छन् ।

विपिन शर्मा । गणतन्त्र नेपालको प्रधानमन्त्री हुन पाएँ भने राष्ट्रिय मुद्दाका विषयमा निर्णय गर्नुअघि मुलुकका सबै राजनीतिक पार्टीसँग सहमति लिनेछु । कुनै पनि निर्णय राष्ट्रिय हितका लागि लाभदायक छ तर अन्य राजनीतिक पार्टीले पूर्वाग्रही ढंगले असहमति जनाउँछन् भने पत्रकार सम्मेलन गरेर सबै कुरा जनतासामु प्रस्ट पार्नेछु ।

विजयरत्न तुलाधर । चलचित्र जगत्मा धर्म भावनाले प्रेरित भई चलचित्र बनाउने चलन नयाँ होइन । हलिउड र बलिउडमा यस्तो चलनले व्यापकता पाएको छ । नेपालमा भने त्यस्ता चलचित्रहरूको सङ्ख्या कमै मात्र छ । भारतमा धर्म भावनामा असङ्ख्य चलचित्रहरू बनेका छन् । बदलिँदो युग सँगसँगै लोकपि्रय हुँदै आएको टेलिभिजनमा पनि भारतले धर्म भावनबाट अभिपे्ररित भई थुप्रै टेलि शुङ्खलाहरू बनाएको छ ।

सुबिन श्रेष्ठ । प्रसंग उही एक जिन्दगीको । जुन चलिरहन्छ र समयसँगै ढलिरहन्छ लगातार । समयकै बहावसँगै यहाँसम्मको यात्रामा संगतका व्यक्ति विशेषहरु आईरहे गईरहे र अझै भेटिने क्रम रहिरहनेछ यो अनित्य जीवन रहुन्जेलसम्म । जीवनका धैरै पाटाहरुलाई उखानमा मिसाउने चलन नै छ ।

Ram K.Karmacharya On January 23, 1968, a US armed spy ship Pueblo, which intruded into the territorial waters of the Democratic Peoples Republic of Korea (DPRK),was captured by the Navy of the Korean People’s Army. The seizure of a USS in a foreign country was the first-ever event since the founding of the United States. No sooner had this happened [ … ]

अहिले नेपालमा विभिन्न भाषामा चलचित्र बन्ने क्रममा तीव्रता आएको छ । २०२२ सालमा नेपाली भाषाको चलचित्र 'आमा' बनेको दुई दशकपछि नेपालभाषामा 'सिलु' निर्माण भएको थियो । गैरनेपाली भाषामा निर्माण गरिएको पहिलो चलचित्र यही हो । नेपालका विभिन्न आदीवासी जनजातीय भाषामध्येको पहिलो चलचित्र 'सिलु' पछि आदीवासी भाषाकै दोस्रो चलचित्र बन्ने गौरव पनि नेपालभाषाकै 'राजमती' ले प्राप्त गर्‍यो । यी दुवै चलचित्र सेल्युलोयड प्रविधिमा बनेका थिए ।

आर्थिक विकासका सन्दर्भमा सहकारीको स्थान अधिकांश देशमा उच्च रहेको छ । नेपालको परिप्रेक्ष्यमा पनि सहकारीको महìव निश्चय नै कम छैन । मुलुकको आर्थिक उन्नतिका दिशामा सार्वजनिक तथा निजी क्षेत्रसँगै सहकारीलाई पनि सर्वोपरि स्थान दिइएको छ । आर्थिक विकासका लागि तीनखम्बा अन्तर्गत एक मानिने सहकारीको अपेक्षित विकास भने हुनसकेको छैन ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • अनमिन फेरि अबसर  ! सोमबार प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको भेटमा अनमिन प्रमुख करिन ल्यानग्रेन । नेपाली सेना र अनमिनका आपसी चासोको विषयमा सेनापति गुरुङ र ल्याण्ग्रेनबीच छलफल भएको थियो । तस्विर सौजन्यः नेपाली सेना

    ठूलो आकृति »
  • क्याम्पस बग्ने खतरा । कैलालीको मध्यभागमा अवस्थित डोडा नदीले कटान गरेको दरख गाविस वडा नं. ५ लोहरपुर गाउँको एक भाग । घोडाघोडी बहुमुखी क्याम्पसपनि डोडा नदी कटानले बग्ने सम्भावना बढ्न गएको छ । तस्विर-कपिल भट्ट/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बन्धुत्व हाँसो ! गोदावरी सामुदायिक अस्पताल निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहने महायज्ञ भदौ १७ सम्म चल्नेछ । तस्वीर : दीपेन्द्र महर्जन /अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिमा सहभागिता ! ललितपुरको टौखेलमा प्रारम्भ भएको श्रीमतभागवत् सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सहभागी स्थानीय महिला । गोदावरी सामुदायिक विकास केन्द्र तथा नमुना महिला विकास सहकारीको आयोजनामा सो महायज्ञ हुन लागेको हो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner