Banner

कतिखेर बाढी आउने हो थाहा छैन  दिनमा बाढी आए त बाँचिएला राती आयो भने मर्ने त होला ? बुटवलबाट विनोद परियारको स्थलगत रिपोर्ट । जव आकाशमा बादल मडारिन थाल्छ । बुटवल शहरको छेउमा रहेको तिनाउखोला किनारका बासिन्दाको मन एकतमासले पिरोलिन थाल्छ ।  प्रत्येक बर्ष बर्षा शुरु भएपछि तिनाउनदि किनारमा आफनो बसोबास बनाएका करिव ५ सय बढि झुप्राका बासिन्दा बाढी कतिखेर आउने हो भन्ने पिरोलोमा हुन्छन ।

बर्षा लागेपछि तिनाउमा जव पानीको सतह बढदै जान्छ त्यसपछि नदि किनारका हात्तिसुँढ तिनाउनगर खयरघारी प्रगतिनगरका बासिन्दा बाढीबाट बच्न रातभर जाग्राम बस्ने गरेका छन । बर्षा लागेपछि रातभर निद्रा परेको छैन । कतिखेर बाढी आउने हो थाहा छैन । दिनमा बाढी आए त बाँचिएला राती आयो भने मर्ने त होला नि तिनाउनगरका नेत्र बहादुर आले भन्छन ।  बुटवल १३ तिनाउनगरमा सानो झुप्रो बनाएर बसेका आलेले बाढीको उच्च जोखिममा भएपनि सुरक्षित स्थानमा जान नसकेको बताउछन । उनी भन्छन -भाडामा बस्नलाई कमाई छैन यहि बसु भने बाढी आउने डर पोहोर भदौ ५ गते आएको बाढीले हात्तिसुढ र तिनाउनगरका गरि करिव चालिस झुप्रा बाढीले बगाएको थियो । यस बर्ष गत बर्षभन्दा अलिपहिल्यै मनसुन सकि्रय भएपछि नदिमा पानीको मात्रामा बृद्धि भएको छ ।

घर नजिकैबाट धमिलो पानी बग्न शुरु भएयता तिनाउनगरकै बिष्णु परियारलाई पनि रातमा निद्रा परेको छैन । परियारले गत बर्षको बाढीले सानो झुप्रो बगाएपछि अहिले तिनाउनगरमा बसेकी हुन । परियार भन्छिन - पोहोर घर सगै लत्ताकपडा  भाडाँकुडा सबै बाढीले बगायो अहिले पनि त्यस्तै हुने होकी भन्ने पिरलो लागिरहको छ ।  बाढी आउने थाहा हुदाहुदै खोला किनारमा बसेको भनेर गाली गर्छन तर के गर्ने आफनो जग्गा छैन बाध्यताले यहाँ बस्न परेको हो यो संवाददातासग भनिन ।

बाढीको उच्चजोखिममा बसेकी लक्ष्मी सुनार  साँझ विहानको छाक टार्न समेत धौ धौ हुने भएकाले बासकै लागि तिनाउखोला किनारमा  आएर बसेको बताइन । रहरले हामी खोलाको किनारमा बसेका होइनौँ  हामी जस्ता गरिव जनताको लागि सरकारले केहि गरिदिए हुन्थ्यो उनको भनाई छ । अहिले लक्ष्मी बिष्णु मात्र होइनन अधिकांश नदिकिनारका बासिन्दा बाढीको डर त्रासमा छन । असारदेखि असोजसम्म बुटवलको तिनाउ नदि किनारका बासिन्दा बाढीको डर त्रासमा दिन कटाउने गर्दछन ।

उनी भन्छन - इट्टाभटटीतिर तटबन्ध गर्ने कार्य भएपनि बर्षेनी बाढीले बगाउने गरेकाले तिनाउनगर र हात्तिसुढ उच्च जोखिममा छ । बुटवलको छेउमै रहेको तिनाउ किनारका बस्तीमा बाढीले सयौँको झुप्रा बगाएपनि यसको दिगो समाधानको लागि यस बर्ष पनि बुटवलनगरपालिकाले नयाँ योजना भने ल्याएको छैन । बर्षेनी लाँखौँ रुपैया तटबन्ध गर्नमा खर्च गरिएपनि उपलब्धि देखिएको छैन ।

नगरपालिकाले तिनाउ किनारको बाढीलाई भनेर छुटटै बजेट भने नछुटयाउने बरिष्ठ अधिकृतले बताए । यता गत बर्ष घर बाढीले बगाएकाहरुले भने अहिलेसम्म क्षतिपुर्ति नपाएको गुनासो गरेका छन । तत्काल त्रिपाल  केहि खाद्यान्न पाएपनि अन्य क्षतिपुर्ति नपाएको पिडितहरुको भनाई छ । पोहोर साल भदौ ५ गते  आएको बाढीले तिनाउनगर र हात्तिसुढका गरि करिव चालिस घरहरु बाढीले बगाएको थियो । त्यस्तै २०६५ सालमा आएको बाढीले २ जनाको ज्यानै गएको थियो ।

झमझ पानी पर्दा किसानहरु खुशि भइरहका हुन्छन तर यहि पानीले  तिनाउनदिका  बासिन्दालाई भने बस्तीमा बाढी पस्ने हो की भन्ने चिन्ताले सताउन थाल्छ । यसबर्ष नेपाल रेडक्रस बुटवल शाखाको सकि्रयतामा प्रकोप पुर्वतयारी समिति पनि गठन गरिएको छ । असार १ गते रेडक्रस बुटवल शाखाका  लोकनाथ पाण्डेको संयोजकत्वमा उक्त समिति गठन भएको हो । समितिमा जिल्ला विकास समिति रुपन्देही जिल्ला प्रशाशन कार्यालय बुटवल नगरपालिका  ट्राफिक प्रहरी कार्यालय  प्रकोप ब्यवस्थापन केन्द्र तथा स्थानिय बासिन्दा सामेल समिति गठन गरिएको छ । तर उक्त समितिले साउन लागिसक्दापनि पुर्व तयारीको कार्यक्रम भने नगरेको स्थानिय बासिन्दाले बताएका छन ।

रेडक्रसका लोकनाथ पाण्डेले  तिनाउको यो समस्यलाई दिगोरुपमा समाधान गर्नको लागि स्थानिय प्रशाशनको ध्यान जानु जरुरी रहेको बताउछन । साउनमा झन झरीसँगै बाढीको प्रवल सम्भावना रहने हुनाले पनि तिनाउका बस्ती जोखिममा रहेको विज्ञहरु बताउछन । तर अहिलेसम्म पुर्व सर्तकता नअपनाइएकाले ठूलै क्षति हुने अनुमान गरिएको छ । उच्च जोखिममा रहेका खयरघारी तिनाउनगर र हात्तिसुढका किनारकै बासिन्दा तत्काल अन्यत्र सुरक्षित स्थानमा सर्नुपर्ने जानकारहरु बताउछन ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • अनमिन फेरि अबसर  ! सोमबार प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको भेटमा अनमिन प्रमुख करिन ल्यानग्रेन । नेपाली सेना र अनमिनका आपसी चासोको विषयमा सेनापति गुरुङ र ल्याण्ग्रेनबीच छलफल भएको थियो । तस्विर सौजन्यः नेपाली सेना

    ठूलो आकृति »
  • क्याम्पस बग्ने खतरा । कैलालीको मध्यभागमा अवस्थित डोडा नदीले कटान गरेको दरख गाविस वडा नं. ५ लोहरपुर गाउँको एक भाग । घोडाघोडी बहुमुखी क्याम्पसपनि डोडा नदी कटानले बग्ने सम्भावना बढ्न गएको छ । तस्विर-कपिल भट्ट/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बन्धुत्व हाँसो ! गोदावरी सामुदायिक अस्पताल निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहने महायज्ञ भदौ १७ सम्म चल्नेछ । तस्वीर : दीपेन्द्र महर्जन /अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिमा सहभागिता ! ललितपुरको टौखेलमा प्रारम्भ भएको श्रीमतभागवत् सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सहभागी स्थानीय महिला । गोदावरी सामुदायिक विकास केन्द्र तथा नमुना महिला विकास सहकारीको आयोजनामा सो महायज्ञ हुन लागेको हो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner