Banner

सजना तिल्मिसिना/रामु खनाल, ललितपुर । लाखौं विद्यार्थी आफु उत्तिर्ण भएपछि कहाँ पढ्ने भनेर सोच पनि बनाउँदै छन् । सोही अनुसार विभिन्न निजी उच्च माध्यामिक विद्यालयले विद्यार्थीलाई आकर्षित गर्ने विज्ञापन गरिरहेका छन् । उत्तिर्ण भएर बसेका विद्यार्थीलाई कहाँ पढ्ने भन्ने चिन्ताले सताउँदै गर्दा यसरी निकालिएको विज्ञापनले झन् अन्यौलता थपेको छ ।

विद्यार्थी आकर्षित गर्न विद्यालयले रेडियो टेलिभिजन र पम्पलेटमार्फत प्रचारप्रसार तीब्र बनाएको छ । विज्ञापनमा देखाईने ठूलो खेल मैदान सफा चमेनागृह पौडी पोखरी र ख्यातिप्राप्त शिक्षकहरुको नाम उल्लेखगरि विद्यार्थी तान्ने दौडधुप र प्रचारबाजीमा व्यस्त छन् विद्यालयहरु । दर्जनौं विद्यालयहरु प्रतिस्पर्धात्मक तवरले बढेको यथार्थ एकातिर छ भने अर्कातिर कति क्याम्पसमा विज्ञापनमा देखाईएको सुविधाहरु नरहेको अवस्था छ । जुन कुरा विगतका घटनाहरुले पनि देखाएका छन् । यस्तो विज्ञापनले एकातिर विद्यार्थीलाई अन्यौल उत्पन्न गराउँछ भने अर्कातिर विज्ञापनमा भएका कुराका बारेमा अनुगमन भएको पाईदैन । जसका कारण विद्यार्थीहरु रनभुल्लमा परिरहेको परिस्थिति छ ।


यस्तो प्रकारको होडबाजीलाई कम गर्न सम्बन्धित निकायले समयमै ध्यान पुर् याएर अनुगमन गरिनु अत्यन्त आवश्यक रहेको छ । अन्यौलमा अभिभावक र विद्यार्थी प्रवेशिका परिक्षाको नतिजापछि दश जोड दुईका अधिकाशं विद्यालयले आफुलाई नै उत्कृष्ट विद्यालयको स्वा-दावासहित भर्ना अभियान सचालन गरिरहेका छन् । जसमा आकर्षक भवन शान्त एवंम रमणीय वातावरण उत्कृष्ट नतिजा अतिरित्त कि्रयाकलाप उच्च  व्यक्तित्वहरुको संलग्नलगायत विभिन्न कुराको आकर्षक विज्ञापनबाट अभिभावक र विद्यार्थीलाई आफुतर्फ  आकर्षित गर्न प्रयास गरिरहेका छन् । अन्त अभिभावक तथा विद्यार्थीहरु माझ कुन विद्यालय छनौट गर्न भन्ने ठूलो अन्यौल श्रृजना भएको हो । विद्यालयहरुले प्रतिस्पर्धाको नाममा अस्वच्छ विज्ञापन नगर्ने र सम्बन्धित निकायले विद्यालयहरुको निश्चित मापदण्ड तोकी स्तर निर्धारणको व्यवस्था गर्न जरुरी छ ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • गुणस्तर सम्मेलन ! नेपाल उद्योग वाणिज्य महासंघमा पहिलो पटक गुणस्तर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना बारेमा जानकारी गराउँदै महासंघका अध्यक्षलगायत पदाधिकारी । उत्पादकत्व तथा गुणस्तरसम्बन्धमा नेपालमा कार्यरत संस्था Network for Quality,Productivity and Competitiveness-Nepal (NQPCN) द्वारा आयोजना गरिने सम्मेलन आगामी असोज २ देखि ४ गतेसम्म आयोजना हुनेछ । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • सेवा कस्तो छ ? राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति डा. रामवरण यादवबाट नेपाली सेनाको छाउनीस्थित श्री वीरेन्द्र अस्पतालको भ्रमण गर्नुभई त्यहाँस्थित विभिन्न कक्षको निरीक्षण गर्नुभयो । निरीक्षण कार्यक्रममा रक्षामन्त्री श्रीमती बिद्यादेवी भण्डारी, प्रधानसेनापति महारथी श्छत्र मान सिंह गुरुङ्ग, राष्ट्रपतिको कार्यालयका सचिव श्री बामन प्रसाद न्यौपाने, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । तस्वीर : नेपाली सेना

    ठूलो आकृति »
  • उपस्थितीको उपहार ! काठमाडौंको फुटुङ्गस्थित नवनिर्मित शिव मन्दिरमा पुजाआजा कार्यक्रममा सहभागी भएकोमा आयोजकको तर्फबाट उपहार थाप्दै पुर्वराजा ज्ञानेन्द्र । तस्वीरः अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जित्ने सुर ! ज्यापु समाज ललितपुरको सत्रौं बार्षिकत्सबको अवसरमा खेलकुद उपसमितिद्धारा आयोजित चौथो खुल्ला राष्ट्रिय दौड प्रतियोगिताको दृश्य । १० किमी, पुरुष खुल्ला ५ किमी, महिला खुल्ला ५ किमी, स्कुल पुरुष र ३ किमी, स्कुल महिला दौड प्रतियोगिता आयोजना गरिएको थियो । तस्वीर : सानु महर्जन

    ठूलो आकृति »
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner

Advertisement

Banner

प्रतिकृयाहरु