Banner

ललितपुर । ललितपुरकी जिवित देवी कुमारी चनिरा बज्राचार्य एसएलसी परिक्षा २०६६ मा विशिष्ट श्रेणीमा उत्तिर्ण भएकी छिन् । कुमारी रहेको अवस्थामा एसएलसी परिक्षा उत्तिर्ण हुने उनी नेपालकी पहिलो कुमारी हुन् । उनी एसएलसी उत्तिर्ण गर्ने ललितपुरकै पनि पहिलो कुमारी बन्न सफल भएकी छिन् ।

ललितपुरको पुर्णचण्डीस्थित भास्करा आवासिय माध्यामिक विद्यालयबाट परिक्षामा सम्मिलित भएकी कुमारी बज्राचार्यको सिम्बल नम्बर ०३२६६२७ ुओु हो । कुमारी भएकी कारण विशेष जात्रा तथा पर्व बाहेक घरबाट बाहिर निस्किन नमिल्ने उनलाई घरमै शिक्षक गई अध्यापन गराउने गर्दथे । उनले आफु उत्तिर्ण भएकोमा खुशी व्यक्त गर्दे व्यवस्थापन विषयमा उच्च शिक्षा आर्जन गर्न आफ्नो ईच्छा व्यक्त गरिन् । कुमारी ब्रजाचार्यको पढाई राम्रो भएको र फुस्रदमा इन्टरनेटमा समय कटाउने परिवारले जानकारी दिएको छ । व्यवस्थापन विषय सजिलो हुन्छ त्यसैले रोजेको उनले भनिन् । पछि बैंकमा काम गर्ने रहर छ । उनलाई निजि कलेजमा भर्ना हुने ईच्छा छ ।

उनी कलेज भर्ना भएपनि कुमारी छँदासम्म उनलाई कुमारी घरमै गई अध्यापकले अध्यापन गराउनुपर्ने हुन्छ । कुमारी चनिराकी आमा चम्पाले आफुले केही जेनतेन गरेर छोरीलाई एसएलसी परिक्षामा पढाएको बताउँदै अब उनको पढाईका लागि सरकारले सहयोग गरिदिनुपर्ने आग्रह गर्नुभयो । हाल कुमारीका लागि महिनाको ३ हजार ७ सय दिँईदै आएको छ । यो सहयोग रकम गुठी संस्थान तोषीखाना र ललितपुर उप-महानगरपालिकाले उपलब्ध गराईदै आएको संयुक्त रकम हो ।

यसैगरि २०६६ चैत्र १२ देखि २० गतेसम्म साचालित परिक्षाको गत साताको शुक्रबार सार्वजनिक गरिएको नतिजानुसार २ लाख ५९ हजार ९ सय १६ परिक्षार्थी उत्तिर्ण भएका छन् । परिक्षामा ४ लाख २७ हजार ५१ जना परिक्षामा सम्मिलित भएका थिए । पनिकाले नियमित तर्फ २ लाख ४६ हजार ६ सय ८९ परिक्षार्थी अर्थात ६४.३१ प्रतिशत उत्तिर्ण भएको जनाएको छ । गत वर्ष ६८।४७ प्रतिशत उत्तिर्ण भएका थिए । छात्र १ लाख ३८ हजार ७ सय १६ जना  अर्थात ६७.५७ प्रतिशत र छात्रातर्फ १ लाख ८ हजार ९ सय ७३ अर्थात ६०.५९ प्रतिशत रहेका छन् । नियमिततर्फ १६ हजार ८ सय ५९ जना विशिष्ट श्रेणीमा ९३ हजार ३ सय ३९  जना प्रथम श्रेणीमा  १ लाख २८ हजार ७५ जना द्धितिय श्रेणीमा र ९ हजार ४ सय १६ जना तृतीय श्रेणीमा उत्तिर्ण भएका छन् ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • गुणस्तर सम्मेलन ! नेपाल उद्योग वाणिज्य महासंघमा पहिलो पटक गुणस्तर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना बारेमा जानकारी गराउँदै महासंघका अध्यक्षलगायत पदाधिकारी । उत्पादकत्व तथा गुणस्तरसम्बन्धमा नेपालमा कार्यरत संस्था Network for Quality,Productivity and Competitiveness-Nepal (NQPCN) द्वारा आयोजना गरिने सम्मेलन आगामी असोज २ देखि ४ गतेसम्म आयोजना हुनेछ । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • सेवा कस्तो छ ? राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति डा. रामवरण यादवबाट नेपाली सेनाको छाउनीस्थित श्री वीरेन्द्र अस्पतालको भ्रमण गर्नुभई त्यहाँस्थित विभिन्न कक्षको निरीक्षण गर्नुभयो । निरीक्षण कार्यक्रममा रक्षामन्त्री श्रीमती बिद्यादेवी भण्डारी, प्रधानसेनापति महारथी श्छत्र मान सिंह गुरुङ्ग, राष्ट्रपतिको कार्यालयका सचिव श्री बामन प्रसाद न्यौपाने, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । तस्वीर : नेपाली सेना

    ठूलो आकृति »
  • उपस्थितीको उपहार ! काठमाडौंको फुटुङ्गस्थित नवनिर्मित शिव मन्दिरमा पुजाआजा कार्यक्रममा सहभागी भएकोमा आयोजकको तर्फबाट उपहार थाप्दै पुर्वराजा ज्ञानेन्द्र । तस्वीरः अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जित्ने सुर ! ज्यापु समाज ललितपुरको सत्रौं बार्षिकत्सबको अवसरमा खेलकुद उपसमितिद्धारा आयोजित चौथो खुल्ला राष्ट्रिय दौड प्रतियोगिताको दृश्य । १० किमी, पुरुष खुल्ला ५ किमी, महिला खुल्ला ५ किमी, स्कुल पुरुष र ३ किमी, स्कुल महिला दौड प्रतियोगिता आयोजना गरिएको थियो । तस्वीर : सानु महर्जन

    ठूलो आकृति »
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner