भक्तपुर । विश्व सम्पदा सुचीमा परेको भक्तपुरको चाँगुनारायण मन्दिर भत्कने अवस्थामा पुगेको धेरै वर्षपछि यसपालि जीर्णोद्धार सुरु भएको छ । मन्दिरको उत्तर पुर्व कुनामा काठबाट बोनेको झ्याल ढोका र इँटाको गारो छुटिएको छ ।
काठ र इँटा छुटिएपछि मन्दिर नै टेढो भएको छ । मन्दिर उत्तरतर्फ ढल्किसकेको छ । मन्दिर मर्मतका लागि सरकारले यस वर्ष १९ लाख विनियोजन गरेको पुरातत्व विभाग दरबार हेरचार कार्यालयकी प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो । मन्दिरको उत्तर तर्फको भागमा रहेको इँटाको गारो र झ्यालढोकाको धाँजो फाटेको छ । झ्यालढोकामा जोडिएको काठको बीचको भाग हात छिर्ने धाँजो फाटेको छ ।
मन्दिरमा राखिएको झ्यालढोका भित्र पसेको छ भने इँटाको गारो धेरै बाहिर निस्केकॊ छ । मन्दिरको छाना र धाँजो फाटेका ठाँउमा बनाइने नकर्मीले जानकारी दिनुभयो । मन्दिरको मर्मत र रंगरोङन २०१८ सालदेखि नभएको उहाँले जानकारी दिनुभयो । चाँगुनारायण मन्दिर सन् १९६९ मा विश्व सम्पदा सुचीकृत भएको हो । त्यस्तै १ सय ८ भर् याङ पनि यसै वर्ष मर्मत हुने भएको छ ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this









