Banner

फिचर

सुबिन श्रेष्ठ, ललितपुर । खोकनास्थित दे-पुँखुमा बाख्राको एक जीवित पाठोलाई फाली स्थानीय युवकहरुले लुछेर परम्परागत जात्रा सम्पन्न गरेका छन् । स्थानीयले मनाउँदै आएको सो परम्परा रोक्न खोजेको एकाध घण्टापश्चात् पुन गतवर्ष जस्तै यो जात्रा मनाईएको हो ।

काठमाडौँ । नेपालमा लाइसेन्स प्राप्त  १८० जना पाइलट बेरोजगार बनेका छन् । सन् १९९२ देखि १९९५ सम्म नेपालमा पाइलटको निक्कै अभाव थियो । त्यसको ठिक अर्थात १५ वर्ष पछि भने पाइलटहरु बेरोजगार बन्न पुगेका हुन् । 

काठमाडौं । सरकारले विभिन्न जिल्लाबाट राहदानी वितरण गर्न छाडेपछि परराष्ट्र मन्त्रालयमा राहदानी लिनेको घुइँचो बढ्न थालेका छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप गत अप्रिल महिनासम्ममा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइ कार्य हुन नसकेपछि केही समयका लागि परराष्ट्र मन्त्रालयबाटै राहदानी दिने निर्णयका कारण राहदानी लिन आउनेको भीड बढेको हो ।

कतिखेर बाढी आउने हो थाहा छैन  दिनमा बाढी आए त बाँचिएला राती आयो भने मर्ने त होला ? बुटवलबाट विनोद परियारको स्थलगत रिपोर्ट । जव आकाशमा बादल मडारिन थाल्छ । बुटवल शहरको छेउमा रहेको तिनाउखोला किनारका बासिन्दाको मन एकतमासले पिरोलिन थाल्छ ।  प्रत्येक बर्ष बर्षा शुरु भएपछि तिनाउनदि किनारमा आफनो बसोबास बनाएका करिव ५ सय बढि झुप्राका बासिन्दा बाढी कतिखेर [ … ]

काठमाडौ, १३ साउन  । राजधानीमा बचत तथा ऋण सहकारीका नाममा ठगी गर्ने धन्दा फेरि फस्टाएको छ । यही साउन महिनामा मात्र तीनवटा सहकारीका सञ्चालकहरू दर्जनौ शेयरधनीलाई ठगेर फरार भएका छन् ।

सजना तिल्मिसिना/रामु खनाल, ललितपुर । लाखौं विद्यार्थी आफु उत्तिर्ण भएपछि कहाँ पढ्ने भनेर सोच पनि बनाउँदै छन् । सोही अनुसार विभिन्न निजी उच्च माध्यामिक विद्यालयले विद्यार्थीलाई आकर्षित गर्ने विज्ञापन गरिरहेका छन् । उत्तिर्ण भएर बसेका विद्यार्थीलाई कहाँ पढ्ने भन्ने चिन्ताले सताउँदै गर्दा यसरी निकालिएको विज्ञापनले झन् अन्यौलता थपेको छ ।

भक्तपुर । विश्व सम्पदा सुचीमा परेको भक्तपुरको चाँगुनारायण मन्दिर भत्कने अवस्थामा पुगेको धेरै वर्षपछि यसपालि जीर्णोद्धार सुरु भएको छ । मन्दिरको उत्तर पुर्व कुनामा काठबाट बोनेको झ्याल ढोका र इँटाको गारो छुटिएको छ ।

ललितपुर । ललितपुरकी जिवित देवी कुमारी चनिरा बज्राचार्य एसएलसी परिक्षा २०६६ मा विशिष्ट श्रेणीमा उत्तिर्ण भएकी छिन् । कुमारी रहेको अवस्थामा एसएलसी परिक्षा उत्तिर्ण हुने उनी नेपालकी पहिलो कुमारी हुन् । उनी एसएलसी उत्तिर्ण गर्ने ललितपुरकै पनि पहिलो कुमारी बन्न सफल भएकी छिन् ।

प्रेमप्रसाद सञ्जेल । एउटै उद्देश्य प्राप्तिका लागि एकका लागि सबै र सबैका लागि एक भन्ने भावनाले प्रेरित भएर काम गर्ने, बचत रकमको वा सीपको वा ज्ञानको थोपा थोपा मिलाएर व्यवसाय गरी आफैंमा आत्मनिर्भर बन्ने र बनाउने, व्यक्तिको हितमात्र चिताउने, अहितको कल्पना पनि नगर्ने, समुदायमा रहेको ज्ञान, सीप र धारणालाई प्रयोग गरेर आफैंमा धानिन सक्ने खालका टिकाउ व्यवस [ … ]

काठमाडौं - प्रधानमन्त्री माधवकुमार नेपालले सबै प्रकारका अधिनायकवादी सोच र दबाब धम्कीसामु नझुकेको दाबी गर्दै राजिनामा दिएका हुन् । आफ्नै पार्टीबाट समेत अमर्यादित विरोध नियमितरुपले झेल्नुपरेको भनाइ उनको थियो । माओवादी असहयोगका कारण सेना समायोजन कार्य अघि बढ्न नसकेको पनि उनले बताए ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • अनमिन फेरि अबसर  ! सोमबार प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको भेटमा अनमिन प्रमुख करिन ल्यानग्रेन । नेपाली सेना र अनमिनका आपसी चासोको विषयमा सेनापति गुरुङ र ल्याण्ग्रेनबीच छलफल भएको थियो । तस्विर सौजन्यः नेपाली सेना

    ठूलो आकृति »
  • क्याम्पस बग्ने खतरा । कैलालीको मध्यभागमा अवस्थित डोडा नदीले कटान गरेको दरख गाविस वडा नं. ५ लोहरपुर गाउँको एक भाग । घोडाघोडी बहुमुखी क्याम्पसपनि डोडा नदी कटानले बग्ने सम्भावना बढ्न गएको छ । तस्विर-कपिल भट्ट/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बन्धुत्व हाँसो ! गोदावरी सामुदायिक अस्पताल निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहने महायज्ञ भदौ १७ सम्म चल्नेछ । तस्वीर : दीपेन्द्र महर्जन /अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिमा सहभागिता ! ललितपुरको टौखेलमा प्रारम्भ भएको श्रीमतभागवत् सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सहभागी स्थानीय महिला । गोदावरी सामुदायिक विकास केन्द्र तथा नमुना महिला विकास सहकारीको आयोजनामा सो महायज्ञ हुन लागेको हो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner