Banner

अर्थ बजार

काठमाडौ । बुद्ध एयरले सोमबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । १८ सिट क्षमताको विचक्राफ्ट १९०० डी जहाजले त्रिभुवन विमानस्थलबाट भुटानको पारोका लागि सोमबार बिहान ११ बजे पहिलो उडान गरेको थियो ।

ललितपुर । प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेले ललितपुर तयारी पोसाक व्यापार संघको आर्थिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

काठमाडौँ, साउन १९ । स्वस्थ र प्रतिस्पर्धा बैङ्किङ सेवालाई आत्मसात् गर्दै आएको सनराइज बैङ्कले ललितपुरको भैंसेपाटीमा शाखा विस्तार गरेको छ । सनराइज बैङ्कको उक्त शाखा विस्तारपछि सो बैङ्कको शाखा सङ्ख्या ४१ पुगेको छ ।

काठमाडौं । जनता बैंकले एटीएम एसएमएस बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रारम्भ गरेको छ । राजधानीको न्यूरोडबाट बैंकले सन्ध्याकालीन सेवा समेत सुरु गरिएको बैंकले जनाएको छ ।

काठमाडौँ, साउन २ गते । जनतालाई गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ आपूर्तिमा संलग्न हुँदै आएको दुग्ध विकास संस्थानले आफ्नो स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२औँ वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना ४२औँ वाषिर्कोत्सव मनाउने क्रममा संस्थानले व्यावसायिक, सामाजिक उत्तरदायित्व बहन गर्दै बानेश्वरस्थित निःसहाय सेवा सदनका वृद्धवृद्धाहरूको सहयोगार्थ स्वास्थ् [ … ]

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारीले सशस्त्रद्वन्द्वबाट गुमेका छबि कायम राख्न पर्यटन वर्ष सन् २०११ मनाउन लागिएको बताउनुभएको छ ।

अप/ललितपुर । सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले सदस्यहरुका माग बमोजिम दैनिक १२ घण्टा वित्तिय कारोबार प्रारम्भ गरेको छ । लिमिटेडले १२ औं वर्ष सफलतापूर्वक पार गरेको अवसरमा सो सेवा प्रारम्भ गरेको हो । सुमेरुले दैनिक बिहान  ८.०० देखि बेलुका ८.०० बजेसम्म आर्थिक कारोबार गर्ने सहकारी क्षेत्रमा यो नयाँ थालनी भएको बताउँदै संस्थाका अध्यक्ष भ [ … ]

अप/ललितपुर । ललितपुर पुल्चोकस्थित गेनवेल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले औपचारिक कारोवार सुरु गरेको छ । ललितपुर डिभिजन सहकारी कार्यालयका प्रमुख बद्री प्रसाद तिवारीबाट सो संस्थाको औपचारिक उद्धघाटन गर्नुभएको हो । मंसिर २४ गते दर्ता भएर फागुन २ मा अनौपचारिक कारोबार बिस्तार गरेको गेनवेलले असार २६ बाट विधिवत् कारोबार प्रारम्भ गरेको हो ।

काठमाडौँ । सनराइज बैङ्क लिले सनराइज 'ल्याट सेभिङ एकाउन्ट' नामक नयाँ बचत योजना सुरु गरेको छ । सो बैङ्कले ल्याएको नयाँ बचत योजनामा ग्राहकलाई दैनिक मौज्दातमा १०.५ प्रतिशतसम्म ब्याज प्रदान गरिनुका साथै निःशुल्क अनलाइन बैङ्किङ सेवा, एसएमएस बैङ्किङजस्ता आधुनिक बैङ्किङ सेवाका विविध सुविधासमेत उपलब्ध हुने बताइएको छ ।

काठमाडौं । एनसेलले नेपाली उपभोक्तालाई सबैभन्दा सस्तो मूल्यमा सिमकार्डसहितको मोबाइल सेट वितरण गर्ने भएको छ । निजी क्षेत्रको पहिलो मोबाइल टेलिफोन सेवा प्रदायक एनसेलले १ हजार १ सय ३० रुपैयाँमा मोबाइल टेलिफोन दिने भएको छ । तर रंगिन स्क्रिन भएको सेटको निम्ति भने १ हजार ३ सय ५६ रुपैयाँ तिर्नुपर्नेछ ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • अनमिन फेरि अबसर  ! सोमबार प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको भेटमा अनमिन प्रमुख करिन ल्यानग्रेन । नेपाली सेना र अनमिनका आपसी चासोको विषयमा सेनापति गुरुङ र ल्याण्ग्रेनबीच छलफल भएको थियो । तस्विर सौजन्यः नेपाली सेना

    ठूलो आकृति »
  • क्याम्पस बग्ने खतरा । कैलालीको मध्यभागमा अवस्थित डोडा नदीले कटान गरेको दरख गाविस वडा नं. ५ लोहरपुर गाउँको एक भाग । घोडाघोडी बहुमुखी क्याम्पसपनि डोडा नदी कटानले बग्ने सम्भावना बढ्न गएको छ । तस्विर-कपिल भट्ट/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बन्धुत्व हाँसो ! गोदावरी सामुदायिक अस्पताल निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहने महायज्ञ भदौ १७ सम्म चल्नेछ । तस्वीर : दीपेन्द्र महर्जन /अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिमा सहभागिता ! ललितपुरको टौखेलमा प्रारम्भ भएको श्रीमतभागवत् सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सहभागी स्थानीय महिला । गोदावरी सामुदायिक विकास केन्द्र तथा नमुना महिला विकास सहकारीको आयोजनामा सो महायज्ञ हुन लागेको हो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner