श्रम तथा यातायात व्यवस्था मन्त्रालयले बुधबार इराकमा नेपाली कामदार पठाउन लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रालयले वैदेशिक रोजागरीमा सरोकार राख्ने सबै पक्षसँग भएका छलफल तथा परामर्शको निष्कर्षपछि प्रतिबन्ध हटाएको जानकारी दिएको छ । नेपालले २०६१ साउनमा वैदेशिक रोजगारीको खोजीमा गएका १२ नेपाली कामदारको इराकमा हत्या भएपछि इराकमा वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाएको थियो ।
मन्त्रालयका अनुसार इराकमा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाए पनि करिब तीस हजार नेपाली त्यहाँ पुगेका छन् । हालै अमेरिकी सेवाको सेन्ट्रल कमाण्डले इराकमा कार्यरत गैरकानुनी नेपाली कामदारलाई २० दिनभित्र इराक छोड्न आदेश दिएको थियो ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this









