Banner

प्रवास

राजेश्वर ढकाल, दोहा । नवोदित साहित्यिक मोवाइल पुस्तकालयले १४५ औं मोती जयन्ती समारोह सम्पन्न गरेको छ । "भाषाको उत्थान नेपालीको पहिचान,सचेत र शिक्षित समाजको निमार्ण हाम्रो अभियान" भन्ने मुलनाराका साथ स्थापित पुस्तकालयले आयोजना गरेको कार्यक्रममा श्रष्ट्राहरु कविता वाचन गरेका थिए ।

कतार । नेपाली लोकतान्त्रिक मचको आयोजनामा ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ । अनेकतामा एकता नेपालीको विषेशता भन्ने मुल नारामा इस्लाम धर्मालम्वीको पवित्र पर्व रमजानको अवसरमा 'ईप्तार' आयोजना गरेको हो ।

योगेन्द्रमिलन छन्त्याल, जर्मनी । दमक नगरपालिका १० का ढाकेश्वर बुढाथोकी विश्व साइकल यात्राको क्रममा जर्मनी आइपुग्नुभएको छ । ५४ वर्षीय बुढाथोकी नेपालका २२ वटा जिल्लाहरु र जापान, अष्ट्रेलिया, थाइल्याण्ड, इजरायल लगायतका ३१ देशको यात्रा गर्दै यहाँ आइपुग्नुभएको हो ।

रवि रोषी, कतार । उमसाइदको सामुन्द्रिक तटमा पौडी खेल्ने क्रममा स्याङ्गजा मग्याम चिसापानी ३ का तीर्थ्र श्रेष्ठको डुबेर मृत्यु भएको छ । २२ बर्षीय श्रेष्ठको सुरक्षार्थ खटिएका गोताखोरहरुले उद्धार गरेर अस्पताल लग्दा हमाद मेडिकल कर्पोरेशनले श्रेष्ठलाई मृत घोषित गरेको थियॊ ।

कतार, १३ साउन  ।  कतारका सबै टेलिकम सेवा प्रदायक कम्पनीहरूले बुधबारदेखि मोबाइल र आधारभूत फोनका नम्बर परिवर्तन गरेका छन् । कतारमा अहिलेसम्म ७ डिजिट (अंक) को नम्बर प्रयोग हुँदै आएकामा अब ८ डिजिट हुनेछ । परिवर्तित नम्बरअनुसार जुन डिजिटबाट फोन नम्बर सुरु भएको छ त्यसको अघि त्यही नम्बर थपिनेछ ।

काठमाडौँ, १३ साउन  । नेपालले इराकमा काम गर्न जान लगाएको बन्देज खारेज गरेको छ । नेपाल सरकारको निर्णयले इरकमा गैरकानुनी रूपमा काम गरिरहेका नेपालीलाई नेपाल फर्कन नपर्ने भएको छ । अमेरिकी कमाण्डमा कार्यरत गैरकानुनी कामदारलाई अमेरिकी सरकारले फिर्ता गर्न आदेश दिएपछि इरक पुगेका हजारौँ नेपाली र्फकनुपर्ने बाध्यतामा थिए ।

पुरु जोशी, दक्षिण कोरिया, ८ साउन  । कोरियाको बिभिन्न सिटीहरुहरुमा राजधानी सउलका ट्रेन स्टेशनहरुमा तथा पसल पसलहरुमा नेपालका हिमालियन बालबालिकाहरुको पढाईका लागि भन्दै माग्दै हिड्ने नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु भएको छ । सउलको यङदम्फो स्टेशन नजीक २ जना नेपाली चेलीहरु माग्दै हिडिरहेको एस थापाले देखेका हुन । उनीहरुलाई त्यहाँ फेला पारेका थापाले उनीहरुको कार्ड हेर्न खोज्दा पहिले थापाको कार्ड देखाउनु अनि हाम्रो देखाउंछौ भन्न थाले ।

पुरु जोशी, न्यूयोर्क । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा लगातार ४ वटा स्वर्ण पदक जितेर दक्षिण एसियामै किर्तिमानी कायम गर्न सफल तेक्वान्डो खेलाडी दीपक बिष्टलाई न्यूयोर्कका नेपालीहरुले सम्मान गरेका छन् ।

सागर श्रेष्ठ । साउदी अरबमा प्रवासिएका साहित्यप्रेमी नेपालीहरुले आदिकवि भानुभक्तको १९७ औ भानु जयन्ती मनाएको छ । यहाँको पुर्वीय प्रान्त दमाममा प्रवासी लुम्बीनी सम्पर्क माचले सो कार्यक्रमको आयोजना गरेको थियो ।

एम.बि.साँवा लिम्बु, दोहा  । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले १६ औं विश्व आदिवासी दिवस आगामी १३ अगस्त का दिन मनाउने भएको छ । गत २५ जुनमा बसेको संघिय परिषदको बैठकले सो निर्णय गरेको हो ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पात बेचेर आम्दानी ! धनगढीको हाटबजारमा दलित महिलाहरु सालका पात दुना र टपरी बेच्दै । यहाका दलित महिलाहरु हाटबजारमा सालका पात दुना र टपरी बेचेर दैनिक डेढ सय बढी आम्दानी गर्छन । तस्वीरः कपिल भट्ट/कैलाली

    ठूलो आकृति »
  • अभियानको आरम्भ ! राजधानीको सोल्टी होटेलमा आर्थिक अभियानको दैनिकी संस्करण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे र न्यू बिजनेस एजका अध्यक्ष मदन लम्साल । तस्वीरमा बायाँ ज्योति गु्रपका अध्यक्ष पदम ज्योति । साप्ताहिक रुपमा प्रकासनगर्दै आएको आर्थिक अभियानको दैनिक प्रकासनको विमोचन समारोहमा उद्योगपति समाजसेवीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिको यात्रा ! ललितपुरमा आज भएको कृष्ण पूजा यात्रामा सहभागी भएका बालिका । सयौं सहभागिताको रहेको सो यात्रा पृर्णचण्डी टोल सुधार समितिको आयोजनाको पालो परेको थियो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
  • जय श्री कृष्ण ! ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा राष्ट्रपति डा. रामवरण यादव । कुष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति कृष्ण मन्दिर पुगेर टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । सो भ्रमणको समयमा सुरक्षालाई समेत कडा पारिएको थियो । तस्वीर - दीपेन्द्र महर्जन/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • आ-आफ्नै धुन ! ललितपुरको कृष्णमन्दिरमा राष्ट्रपतिको सवारी भईरहँदा आफ्नो कर्मचारी मित्रहरु तस्वीर खिच्न व्यस्त सरकारी कार्यालयका एक कर्मचारी । यो तस्वीर खिचिरहँदा राष्ट्रपति मन्दिरको प्रसाद र टिका ग्रहण गरिरहनु भएको थियो । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • कृष्णलाई भेटी ! ललितपुरको कृष्णमन्दिरनजिकै मयुरको प्वाँख बेच्न बसेका एक बालक । कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न आएका भक्तालु महिलाहरुको भीडले मंगलबजार क्षेत्र व्यस्त छ । तस्वीर - अनलाईन पत्रिका

    ठूलो आकृति »
  • अनमिन फेरि अबसर  ! सोमबार प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको भेटमा अनमिन प्रमुख करिन ल्यानग्रेन । नेपाली सेना र अनमिनका आपसी चासोको विषयमा सेनापति गुरुङ र ल्याण्ग्रेनबीच छलफल भएको थियो । तस्विर सौजन्यः नेपाली सेना

    ठूलो आकृति »
  • क्याम्पस बग्ने खतरा । कैलालीको मध्यभागमा अवस्थित डोडा नदीले कटान गरेको दरख गाविस वडा नं. ५ लोहरपुर गाउँको एक भाग । घोडाघोडी बहुमुखी क्याम्पसपनि डोडा नदी कटानले बग्ने सम्भावना बढ्न गएको छ । तस्विर-कपिल भट्ट/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बन्धुत्व हाँसो ! गोदावरी सामुदायिक अस्पताल निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहने महायज्ञ भदौ १७ सम्म चल्नेछ । तस्वीर : दीपेन्द्र महर्जन /अनलाईन पत्रिका

    ठूलो आकृति »
  • भक्तिमा सहभागिता ! ललितपुरको टौखेलमा प्रारम्भ भएको श्रीमतभागवत् सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सहभागी स्थानीय महिला । गोदावरी सामुदायिक विकास केन्द्र तथा नमुना महिला विकास सहकारीको आयोजनामा सो महायज्ञ हुन लागेको हो । तस्वीर : अनलाईन पत्रिका

    ठूलो आकृति »
. .
Banner

Advertisement

Banner